Corona Virus

प्रिमियर लिग क्लबहरु सानो समुहमा प्रशिक्षण गर्न सहमत

Published

on

कोरोना भाइरसका कारण रोकिएको इङ्गलिस प्रिमियर लिग सुचारु गर्नका लागि क्लबहरुले सानो समुहमा प्रशिक्षण गर्ने भएका छन् ।

इङ्गलिस फुटबल एशोसिएसनले प्रोजेक्ट रिस्टार्ट नाम राख्दै स्थगित सिजन सुचारु गर्न सोमबार राखिएको क्लबहरुको बैठकले सानो समुहमा प्रशिक्षण गर्दै अगाडी बढ्न सहमति जनाएको हो । फुटबल रोकिएको दुई महिना भन्दा बढी भएपछि प्रिमियर लिगले खेलहरु जुन भित्र सिजन समाप्त गर्ने भन्दै आएको छ ।

खेलहरु शुरु हुन अब एक महिना पनि बाँकी नरहने भएकाले उच्च सतर्कता अपनाउदै क्लबहरुले मङ्गलबारदेखी प्रशिक्षण शुरु गर्न गइरहेका छन् । प्रशिक्षणमा रहदा खेलाडीले आफूबीचको दुरीलाई मध्येनजर गर्दै अभ्यास गर्ने पनि प्रिमियर लिगले जनाएको छ ।

फुटबल सुचारु गर्ने क्रममा पहिलो पाइला मनिएको यो निर्णय अघि केही खेलाडी, व्यवस्थापक, क्लबका चिकित्सक र सरकारका अधिकारीहरुले लिग हुने बताउदै आएका छन् ।

“सबै प्रतियोगीहरु स्वस्थ रहुन् भन्ने नै प्रिमियर लिगको मुख्य चाहना हो, त्यही भएर हामीले सुरक्षित वातावरणमा खेलाउन सक्दो प्रयास गर्नेछौ,” प्रिमियर लिगले एक बिज्ञप्ति जारी गर्दै भनेको छ । “फुटबल प्लेयर्स एशोसिएसन र मुख्य निकायको बैठकपछि हामी यो निर्णयमा आएको छौं । अब फुटबल पूर्ण रुपमा शुरु गर्न पनि हामी गृहकार्य गर्ने छौं ।

प्रिमियर लिगले प्रशिक्षणमा रहने खेलाडी र क्लबहरुलाई नयाँ नियमहरु पनि पठाएको छ, जसमा थुक्न र अंकमल गर्न निषेध गरिएको छ । बल, कर्नर फ्ल्याग, गोलपोस्ट, कोन र परै मैदानलाई नै लगातार भाइरसरहित बनाउने सरसफाइ गरिने पनि लिगले बताएको छ ।

Click to comment

Trending