Corona Virus

क्वारेन्टिन सक्काएपछि रोनाल्डोले भोलीबाट प्रशिक्षण गर्ने

Published

on

युभेन्टसका तथा पोर्चुगिज स्टार फरवार्ड क्रिष्चियानो रोनाल्डोले भोली (मंगलबार) बाट प्रशिक्षण शुरु गर्ने भएका छन् ।

दुई हप्ता अघि इटालीको टुरिन फर्किएका रोनाल्डो, इटाली सरकारले कोरोना भाइरसको प्रभावका कारण विदेशबाट आउने व्यक्तिहरुले १४ दिन क्वारेन्टिनमा बस्न पर्ने नियम लगाएका कारण टुरिन स्थित आफ्नो घरमा नै क्वारेन्टिनमा बिताएका थिए ।

यस अघि रोनाल्डो मे १८ तारिखमा युभेन्टसको अभ्यासका लागि इटाली फर्कने कार्यक्रम रहेको थियो । तर इटाली सरकारले मे ४ बाट नै क्लबहरुलाई अभ्यासका लागि अनुमित दिए पछि सबै बिदेशी खेलाडीहरु प्रशिक्षणमा फर्किएका कारण रोनाल्डो चाडै इटाली फर्किएका थिए ।

युभेन्टसका खेलाडीहरुको कोरोना परिक्षणपछि उनीहरुले युभेन्टस अभ्यास मैदानमा आफ्नो प्रशिक्षण शुरु गरिसकेका छन् भने रोनाल्डो भोलीबाट टिमसँग जोडिनेछन् ।

Click to comment

Trending