Corona Virus

टप डिभिजन फुटबलमा खाली रंगशाला भर्न ‘सेक्स डल’ राखेपछि कोरियामा बबाल

Published

on

दक्षिण कोरियाको प्रथम श्रेणीको फुटबल के–लिगमा एक ठूलो क्लबले खाली रंगशाला भर्नका लागि सेक्स डलहरु राखेपछि व्यापक आलोचना भएको छ ।

एफसी सोलले सप्ताहन्तको एक खेलमा कोरोना भाइरसका कारण खाली रहेको रंगशालामा उपस्थिति देखाउनका लागि जर्सी लगाएका पुतलाहरु राखेको थियो । ग्वाँगजु एफसीबिरुद्ध भएको खेलमा राखिएका पुतलाहरु मध्ये केहीको टि–शर्टमा सोलोएसको लोगो रहेको थियो । सोलोएस कोरियामा यौन खेलौना बेच्ने कम्पनी हो ।

सामाजिक दुरीको निदेर्शन पालना गर्दै मास्क लगाएर राखिएका केही पुतलाहरुले समातेको प्लाकार्डमा कम्पनीको बिज्ञापन र मोडलहरुको प्रबद्र्धन गरिएको थियो ।

ती मध्ये धेरै जसो महिला थिए भने निकै कम पुरुष । एफसी सोलले ती पुतलाहरुको सम्बन्ध सेक्स टोयसँग नरहेको बताएपनि कोरियन जनताहरुलाई यो जवाफले चित्त बुझाउने भने सकेन । यस घट्नाले ठूलै रुप लिन पुगेपछि भने सोलले सार्वजनिक माफि नै मागेको छ ।

एफसी सोलले आफूलाई पुतला दिएको कम्पनीले यसअघि सोलोएसलाई पनि उपलब्ध गराएको भएर त्यसको बिज्ञापन त्यहा रहन गएको बतायो । समर्थकहरुको चित्त दुख्न गएकोमा हामी क्षमा माग्न चाहन्छौं, एफसी सोलले मिडिया र फ्यान बृत्तमा आफ्नो छवि धमिलिने देखिएपछि एक बिज्ञप्ति मार्फत लेखेको छ ।

“यस्तो घटिया उपाय कसरी यिनीहरुको दिमागमा आयो मलाई त अचम्म नै लागि रहेको छ । यो अन्तर्राष्ट्रिय बेइज्जती नै हो,” एक फ्यानले भने । “एफसी सोलले रँगशालालाई एक्स जोन बनायो ,” निकै क्रुद्ध अर्का फ्यानले भने ।

दुई महिना भन्दा बढी समय कोरोना भाइरसका महामारीका कारण रोकिएपछि के–लिग मे ८ देखि सुचारु भएको हो । दर्शकहरुलाई रँगशालामा प्रवेशमा रोक लगाइएको छ । रँगशाला भर्नका लागि क्लबहरुले प्लाकार्ड, कार्ड बोर्डलाई काटेर दिइएको मान्छेको स्वरुप र ब्यानर प्रयोग गरेका छन् भने कुनै क्लबहरुले दर्शकको आवाजको रेकर्डिङ्ग समेत बजाइरहेका छन् ।

एफसी सोलले बिवादमा घेरिनु अघि सोल वल्र्डकप स्टेडियममा ग्वाँगजुलाई १–० ले हराएको थियो । दक्षिण कोरिया कोरोना भाइरसका कारण सबैभन्दा कम संक्रमित देशहरुमध्ये रहेको छ । त्यहा ११ हजार ६५ संक्रमित रहेका छन् भने अहिलेसम्म २ सय ६३ जनको मृत्यु भएको छ ।

Click to comment

Trending