Corona Virus

जिरुड र विलियनको सम्झौता बढाउन आतुर लाम्पार्ड

Published

on

चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्ड कोरोना भाइरसका कारण रोकिएको इंङ्गलिस प्रिमियर लिग सुचारु भए पछि फरवार्डहरु ओलिभर जिरुड र विलियनको सम्झौता बढाउन आतुर रहेका छन् ।

कोरोनाका कारण अमेरिका पछि सबैभन्दा बढी असर बेलायतलाई गरेको छ तर पनि इङ्गलिस फुटबल एशोसिएसन प्रिमियर लिग जुनमा शुरु हुनेमा आशावादी रहेको छ ।

प्रिमियर लिगमा अझै नौं चरणको खेलहरु बाँकी रहेको छन् । यसै सिजनको अन्त्यसँगै जिरुड र विलियनको सम्झौता संक्किन गइरहेको छ । कोरोनाका कारण खेल रोकिएपछि सुचारु हुँदा उनीहरु दुबैको सम्झौता पनि सकिने छ । त्यसैले पनि लाम्पार्ड दुबैको सम्झौता थप्न चाहन्छन् ।

“हामी अझै पनि खेल शुरु हुने नहुने भन्नेमा अनिश्चित छौं र खेल कहिले शुरु हुन्छ भन्ने कुरेर बसेका छौं । हाम्रा केहि खेलाडीहरुको सम्झौता पनि सकिंदै छ । यसमा म चनाखो भएर हेरि रहेको छु,” लाम्पार्डले भने ।

“बिशेष गरि मेरो नजरमा जिरुड र विलियनको नाम आउछ । उनीहरुले चेल्सीका लागि धेरै बलिदान दिएका छन् भने उनीहरुलाई चेल्सीसँग भावनात्मक रुपमा पनि जोडिएका छन् । चेल्सीमै बस्नका लागि हामीहरुले उनीहरुको लागि पनि केहि व्यवस्था गर्न सक्नु पर्छ,” लाम्पार्ड भन्छन् ।

चेल्सी र इङ्गल्याण्डका पुर्व मिडफिल्डरले आफु यसै टोलीलाई लिएर आगामी सिजन पनि खेल्न चाहेको तर यसका लागि केहि समय कुर्नै पर्ने पनि धारणा राखेका छन् ।

Click to comment

Trending