Corona Virus

दुई खेलाडीमा कोरोना देखिए पछि सिरी आ समयमै शुरु हुनेमा आशंका

Published

on

इटालियन सिरी आ क्लब पार्माका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पार्माले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्ना दुई खेलाडीलाई कोरोना संक्रमण देखिएको र उनीहरुलाई आइसोलेसनमा राखिएको जनाएको छ ।

सोमबारबाट सबै क्लबहरुलाई अभ्यासका लागि सरकारले स्विकृति दिएको थियो । यससँगै पार्माले आफ्ना सबै खेलाडी तथा टोलीका अन्य सदस्यहरुको स्वाब र रगत परिक्षण गरेको थियो । अन्य खेलाडी तथा सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने दुईजनाको पोजिटिभ आएको थियो ।

क्लबले जनाए अनुसार पहिलो रिपोर्ट पोजिटिभ आए पनि २४ घण्टा पछि गरिएको दोश्रो परिक्षण नेगेटिभ आएको थियो । दुबै खेलाडीको अवस्था सामान्य रहेको छ तर पनि उनीहरुलाई आइसोलेसनमा राखिएको हो ।

दुई खेलाडीमा कोरोनाको संक्रमण देखा परे पछि जुन १३ गतेबाट शुरु हुने भनिएको सिरी आ का खेलहरु के हुन्छन् भन्नेमा आशंका उब्जिएको छ ।

Click to comment

Trending