Headline

किन लगाउँछन् सन्दिप जर्सी नम्बर २५ ?

Published

on

अन्तरास्ट्रिय क्रिकेटमा स्थापित भइसकेको नाम, नेपाली टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने
राष्ट्रिय टोलीबाट खेल्दा जर्सी नम्बर २५ लगाउँछन् ।
सन्दिपले यो जर्सी लगाउनु पछाडी भावनात्मक कथा छ । सन्दिपको भान्जीको जन्म मिति हो २५ गते । तर पछि उनको दुखद निधन भयो । सन्दिप आफ्नो भान्जीसँग निकै नजिक थिए । त्यसैले आफ्नो भान्जीको नाममा २५ नम्बरको जर्सी लगाएका हुन् ।
सन् २०१८ को सिजनमा जब सन्दिपले इन्डियन प्रिमिएर लिग टोली दिल्ली डेयरडेभिल्स ( हाल नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स) मा आबद्ध भए उनले जर्सी नम्बर २५ नै लगाउन चाहेको थिए । तर त्यो नम्बर अन्य खेलाडीले पहिले नै लगाएको ले उनले एक नम्बर रोजे । उनले आईपीएलमा जर्सी नम्बर एक रोज्नुको कारण थियो उनी एक नम्बरको स्पिनर बन्न चाहन्थे ।

Click to comment

Trending