Headline

अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप सर्न सक्ने 

Published

on

अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसै बर्ष अक्टोबर १८ देखि  नोभेम्बर १५ सम्म अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप दुई बर्ष पछि अर्थात् सन् २०२२ लाई सार्ने संकेत देखाएको छ ।
आईसीसीको मे २८ (१२ दिन पछि) बस्ने बोर्ड बैठकले यसको टुंगो लगाउने छ । कोरोना भाइरसका कारण मार्च देखि कुनै पनि क्रिकेट गतिविधि हुन सकेको छैन भने आगामी दिनमा पनि के कहिले गर्न सकिन्छ भन्ने टुंगो गर्न गार्हो हुने अवस्था रहेको छ ।
सन् २०२१ मा भारतले ट्वान्टी ट्वान्टी विश्वकप आयोजना गर्दै छ भने यसका कारण अहिले सरेको विश्वकप सन् २०२२ मा आयोजना गर्ने बाहेक अरु विकल्प आईसीसीसँग छैन ।
आईसीसीले विश्वकप सार्ने कि नसार्ने भन्ने बिषयमा आर्थिक पाटोको पनि महत्व रहने छ ।यदि कोरोनाको प्रभाबका बीचमा नै विश्वकप आयोजना गरेको खण्डमा त्यसले धेरै आर्थिक भार पर्ने छ । विश्वकप अघि प्रतियोगितामा सहभागी १६ टोलीका खेलाडी र त्यसका अन्य सदस्य, लाइभ ब्रोडकास्ट गर्ने टिभीका सदस्यहरु सबैलाई दुई हप्ता क्वारेनटाइनमा राख्न पर्ने हुन्छ जसका लागि निकै खर्च लाग्ने छ ।
त्यस्तै विश्वकप सरेको खण्डमा खराब आर्थिक अवस्थामा गुज्रिरहेको अस्ट्रेलिया क्रिकेट बोर्डलाई भने यसले ठुलै धक्का लाग्ने देखिन्छ । त्यस्तै भारतीय क्रिकेट बोर्डलाई भने यसले फाइदा नै पुग्ने छ । विश्वकप समयमा नै आयोजना हुने भयो भने भारतले इण्डियन प्रिमिएर लिग (आईपीएल) गराउन सम्भव हुँदैन जसले गर्दा उसले चार हजार करोड भारतीय रुपैयां गुमाउने र आर्थिक संकटमा पर्नेछ ।
त्यस्तै आईसीसीको बोर्ड बैठकले कोरोनाको प्रभाब कम भए पछि अन्तरास्ट्रिय खेल फर्कने अवस्थामा के गर्न पाइने के गर्न नपाइने भन्ने नियमहरु पनि अभिलम्बन गर्ने छ । उसले बिशेष गरि बल चम्काउन थुक अथवा पसिना लगाउन पाउने नियम बारेमा पनि निर्णय गर्ने छ । बोर्डले आईसीसीका हालका अध्यक्ष शंकर मनोहरको पदावधि पनि दुई महिना सार्ने बिषयमा टुंगो लगाउने छ ।

Click to comment

Trending