Headline

बेल्जियममा क्लब ब्रुग लिग च्याम्पियन घोषित

Published

on

बेल्जियमको क्लब ब्रुगलाई प्रथम श्रेणीको फुटबल लिगको च्याम्पियन घोषणा गरिएको छ । बेल्जियमको प्रो लिगले गत महिना गरिएको निर्णयलाई क्लबहरुको साधारण सभाले शुक्रबार पारित गरेको हो ।

कोरोना भाइरसका कारण सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने बेल्जियम युरोपमा पहिलो देश थियो । एक खेल बाकी रहेको स्थितिमा ब्रुगले दोश्रो स्थानको गेन्टमाथि १७ अंकको फराकिलो अग्रता कायम गर्दै उपाधि पक्का गरिसकेको थियो ।

सिजन रद्द भएपनि ब्रुगलाई बिजेता बनाइएको हो । १७ औं प्रथम श्रेणीको उपाधि जितेको ब्रुग पछिल्लो पाँच सिजनमा तेश्रो पटक च्याम्पियन बनेको हो । उपाधि बिजेताको रुपमा ब्रुग अब सिधै च्याम्पियन्स लिगको समुह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबारको साधारण सभाले वास्लान्ड–बेभेरनलाई दोश्रो श्रेणीमा रेलिगेट गरेको थियो भने गेन्टलाई च्याम्पियन्स लिगको प्लेअफका लागि पारित गरेको थियो । चार्लेरोइ, रोयल एन्टवर्प र स्ट्यान्डर्ड लेजले युरोपा लिग खेल्ने भएका छन् ।

Click to comment

Trending