Headline

कोहली भन्दा बाबर उत्कृस्ट ब्याट्सम्यान 

Published

on

इंग्ल्यान्डका स्पिनर आदिल रशिदका अनुसार भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली भन्दा केहि दिन अघि मात्र ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलका लागि कप्तान नियुक्त भएका बाबर अजाम उत्कृस्ट ब्याट्सम्यान हुन् ।
३१ बर्षिय कोहलीले एक पछि अर्को किर्तिमान भंग गर्दै आएका छन् भने पछिल्लो समय उत्कृस्ट लयमा देखिएका ब्याट्सम्यान हुन् बाबर । त्यस्तै बिभिन्न कमेन्टेटर र क्रिकेट एक्सपर्टहरु बाबरलाई भविष्यको स्टारका रुपमा हेर्छन् ।
प्राय कोहलीको तुलना भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरसँग तुलना गर्ने गरिन्छ । तर आदिल भने बाबरलाई कोहली भन्दा राम्रो ब्याट्सम्यानका रुपमा हेर्छन् ।
‘अहह… यो निकै कठिन प्रश्न हो । निकै कठिन । तर यदि अहिलेको दुबैको फर्मलाई नियाल्ने हो भने म बाबरलाई रोज्छु । दुबैजना वर्ल्ड क्लास खेलाडी हुन् । तर पछिल्लो समयको खेललाई आधार मान्ने हो भने कोहली भन्दा बाबर माथि छन् ,’ सन् २०१९ मा इंग्ल्यान्डले विश्वकप जीत्दाका सदस्य आदिलले भने ।
कोहली एकमात्र यस्ता ब्याट्सम्यान हुन् जसले टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीमा ५० भन्दा बढीको औसत बनाएका छन् । त्यस्तै बाबरको एकदिवसीय र ट्वान्टी ट्वान्टीमा औसत ५० भन्दा माथि रहेको छ भने टेस्टमा ४५ मात्र रहेको छ । एकदिवसीयमा सचिनको नाममा ४९ शतक सहित सर्वाधिक शतकको किर्तिमान रहेको छ भने त्यससँग बराबरी गर्न कोहलीलाई छ शतक मात्र आवश्य छ भने उनले टेस्टमा २७ शतक बनाइसकेका छन् । बाबरले भने टेस्टमा पाँच तथा एकदिवसीयमा ११ शतक आफ्नो नाममा दर्ता गराएका छन् ।
कोहलीले भारतको लागि ८६ टेस्ट, २४८ एकदिवसीय तथा ८२ ट्वान्टी ट्वान्टी खेलेका छन् भने बाबरले पाकिस्तानको लागि २६ टेस्ट, ७४ एकदिवसीय र ३८ ट्वान्टी ट्वान्टी खेल खेलेका छन् ।
कोहलीले टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीमा क्रमसः सात हजार दुई सय ४०, ११ हजार आठ सय ६७ तथा दुई हजार सात सय ९४ रन बनाएका छन् भने बाबरले एक हजार आठ सय ५०, तीन हजार तीन सय ५९ तथा एक हजार चार सय ७१ रन आफ्नो नाममा लेखाएका छन् ।

Click to comment

Trending