Headline

यस्तो खेलले च्याम्पियन्स लिग जितिदैनः मेस्सी

Published

on

बार्सिलोना स्टार लियोनेल मेस्सीले क्लबले आफ्नो खेलमा परिवर्तन गर्दै सुधार नगरेमा च्याम्पियन्स लिगको उपाधि चुम्न नसक्ने बताएका छन् ।

कोरोना भाइरसका कारण मार्चबाट कुनै पनि फुटबल गतिविधि हुन सकेको छैन भने च्याम्पियन्स लिगको भविष्य अझै टुँगो लाग्न सकेको छैन । बार्सिलोनाले कोरोनाका कारण च्याम्पियन्स लिग रोकिनु अघि अन्तिम १६ को पहिलो लेगमा नापोलीसँग १–१ को बराबरी खेलेको थियो भने दोश्रो लेगका लागि लक्षित गर्दै एकल अभ्यास पनि शुरु गरेको छ ।

“मैंले कहिले पनि हाम्रो टोलीको बारेमा शंका गरेको छैन । आशा छ हामीले अबका सबै खेल जित्दै च्याम्पियन्स लिगको उपाधि पनि चुम्ने छौं । तर हामीले यस अघि खेलेको जस्तो प्रदर्शन दिन भने भएन,” मेस्सीले भने । “सबैको आ–आफ्नो धारणा हुन्छ र त्यो सबै सम्मानजनक हुन्छ । मैंले जुन धारण राखेको हो त्यो तथ्य हो । म आफुलाई भाग्यमानी ठान्छु कि मैंले प्रत्येक बर्ष च्याम्पियन्स लिग खेल्न पाएको छु । र मलाई यो पनि थाहा छ कि जुन किसिमको फुटबल हामीले यस प्रतियोगितामा खेल्दै आएका छौं त्यसले उपाधि जित्न सक्दैनौं ।”

यता स्पेनिस ला लिगामा खेल रोकिनु अघि बार्सा अंक तालिकाको पहिलो स्थानमा रहेको छ । २७ खेल खेलेको बार्सिलोना चिरप्रतिद्वन्दि रियल म्याड्रिड भन्दा दुई अंकले अघि रहेको छ । ला लिगा जुनको मध्यबाट शुरु गर्न ला लिगाका अधिकारीहरु लागिपरेका छन् ।

“आशा छ यो लामो समय रोकिएको खेलका कारण हामीलाई फाइदा पुग्ने छ । अब प्रतियोगिता शुरु हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ । जब प्रतियोगिताहरु शुरु हुन्छन् तब हामीले आफ्नो स्तर जाँच्न पर्ने हुन्छ अथवा हाम्रो स्तर सम्म पुग्न सक्छौं कि सक्दैनौं त्यो हेर्न पर्ने हुन्छ, मेस्सी भन्छन् ।

“व्यक्तिगत रुपमा हेर्ने हो भने म फुटबल सुचारु भएर च्याम्पियन्स लिग र ला लिगा खेल्न आतुर छु । जब खेल शुरु हुन्छ त्यो सबै अनौठो हुनेछ, जस्तै दर्शक र समर्थक बिनाको फुटबल, आफ्नो परिवारबाट छुटिएर बस्नु पर्ने बाध्यता । तर त्यो कस्तो अनुभब हुन्छ हेर्न बाँकी नै छ ।”

Click to comment

Trending