Headline

कोरोनाकाबीच सरकारको नीति तथा कार्यक्रममा खेलकुद

Published

on

नेपाल सरकारले आगामी नीति तथा कार्यक्रममा खेलकुद पनि प्राथमिकतामा रहने बताएको छ ।

राष्ट्रपती बिद्या देवी भण्डारीले संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी बर्ष खेलकुदमा स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सुविधा सम्पन्न पूर्वाधार निर्माण गर्ने र अस्तित्वमा रहेकाहरुको स्तरोन्नतीलाई निरन्तरता दिने घोषणा गरिन् ।

राष्ट्रपती भण्डारीले आउने अर्थिक बर्षमा उच्च पर्वतीय खेलकुुद तालिम केन्द्रको स्थापना गरिने पनि बताएकी छिन् । यस्तै सरकारले नीजि क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधारलाई प्रोत्साहन गर्ने पनि जनाएको छ ।

राष्ट्रपती भण्डारीले नेपालले गत बर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा आयोजक राष्ट्रले हात पारेको सफलताको पनि प्रशंसा गरेकी थिइन् । नेपालले ५१ स्वर्ण जित्दै साग इतिहासकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रममा खेलाडीको क्षमता बिकास र वृद्धी गर्नका लागि समेत नयाँ कार्यक्रम र योजनाहरु बनाइने भण्डारीले बताइन् । कोरोना भाईरसका कारण अर्थतन्त्रमा ठूलो असर परेको स्थितिमा सरकारले यो क्षेत्रलाई प्राथमिकता दिने या नदिनेमा शंका कायम थियो ।

नीति तथा कार्यक्रममा खेलकुदलाई सम्बोधन गरिएपनि सरकारले बजेट कति छुट्याउछ र त्यसको उचित प्रयोग गर्न सफल हुने नहुने चासोको बिषयको रुपमा रहेको छ ।

Click to comment

Trending