Headline

किन लगाउँछन् ज्ञानेन्द्र जर्सी नम्बर ११ ?

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल जर्सी नम्बर ११ लगाउँछन् । ज्ञानेन्द्र पहिले निकै फुटबल हेर्ने गर्दथे र उनलाई प्राय ११ नम्बरको जर्सी लगाउने खेलाडी मन पर्थ्यो । त्यस्तै ज्ञानेन्द्रका अनुसार उनका ससुराले ज्योतिष बिज्ञान अनुसार उनलाई एक वा ११ नम्बरको जर्सी लगाउन सल्लाह दिए । त्यसैले उनले जर्सीमा ११ अंक लगाएका हुन् ।
नेपाली क्रिकेटले पाएको उत्कृस्ट ब्याट्सम्यान मध्य एक ज्ञानेन्द्रले शुरुवात देखि नै भने जर्सी नम्बर ११ लगाउँन पाएनन् । उनले शुरुवाती दिनमा नेपालका लागि खेल्दा ११ नम्बरको. जर्सी अलराउण्डर महबुब आलमले लगाउने गर्दथे । पछि आलम राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेपछि खाली भएको ११ नम्बर ज्ञानेन्द्रले प्रयोग गर्न थाले ।
आलमले ११ नम्बर प्रयोग गर्दा ज्ञानेन्द्रले २२ नम्बरको जर्सी लगाउने गर्दथे । ज्ञानेन्द्रले १६ नम्बरको जर्सी लगाएर पनि खेलेका थिए कुनै समय ।

Click to comment

Trending