Headline

अस्ट्रेलिया भ्रमणमा पाँचवटा टेस्ट खेल्न सम्भब छैन : गांगुली 

Published

on

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरब गांगुलीले अस्ट्रेलिया भ्रमणका क्रममा पाँचवटा टेस्ट खेल्न सम्भब नभएको स्पस्ट पारेका छन् ।

अक्टोबर – नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप पछि भारतले घरेलु टोली अस्ट्रेलिया बिरुद्ध चार टेस्ट खेल्ने कार्यक्रम रहेको छ । खराब आर्थिक संकटबाट गुज्रिएको अस्ट्रेलिया भने आफ्नो आर्थिक स्थिती सुधार्न बोर्डर – गवास्कर ट्रफी अन्तर्गत चार टेस्टको शृंखलाको सट्टामा पाँच टेस्ट खेलको शृंखला गराउन चाहन्छ ।

भारतका पुर्व कप्तान समेत रहिसकेका गांगुलीले कोरोना भाइरसका कारण लामो समय क्रिकेट हुन नसकेको कारण आगामी दिनमा पनि विभिन्न शृंखलाका लागि समय मिलाउन गार्हो पर्ने भन्दै पाँच खेलको शृंखला खेल्न नसकिने बताउंछन् ।

‘मलाई लाग्दैन हामी पाँच टेस्टको शृंखलाका लागि सहभागिता जनाउन सक्छौं भन्नेमा । हामी अस्ट्रेलिया भ्रमणमा क्रममा १४ दिन क्वारेनटाइनमा बस्न पर्ने हुन्छ जसले गर्दा हाम्रो भ्रमणको समयआवधी त्यसै पनि लम्बिने हुन्छ । त्यस माथि कोरोनाका कारण हाल रोकिएका र अबका दिनमा रोकिन सक्ने टेस्ट बाहेक ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलका लागि पनि समय मिलाउन पर्ने हुन्छ,’ गांगुलीले भने ।

भारत आफैले आयोजना गर्ने इण्डियन प्रिमिएर लिग (आईपीएल) पनि कोरोनाका कारण कहिले गर्ने भन्ने बिषयमा टुंगो लगाउन सकेको छैन भने प्रतियोगिता हुन नसक्दा चार हजार करोड गुम्ने डर पनि रहेको छ । जसले गर्दा बीसीसीआई आफै चरम आर्थिक संकटमा फस्ने देखिन्छ ।

Click to comment

Trending