Headline

टर्कीस फुटबलरद्वारा आफ्नो छोराको तकियाले टाउको थिचेर हत्या

Published

on

टर्कीको प्रथम श्रेणीको फुटबल प्रतियोगिता खेलेका सेभ्हेर टोक्टासले आफ्नै छोरालाई तकियाले घाटी थिचेर हत्या गरेको खुलासा गरेका छन् ।

आफ्नो छोराको अस्पतालमा उपचार जारी रहदा टोक्टासले हत्या गरेको स्विकार्दै ११ दिनपछि आफैलाई प्रहरीमा गएर बुझाएको, टर्कीको सरकारी समाचार संस्थाले जनाएको हो । ३२ बर्षिय टोक्टासले अस्पालको बेडमा १५ मिनेटसम्म पाँच बर्षिय छोराको टाउको उनको सास नरोकुञ्जेल तकियाले थिचेको बयान दिएका छन् ।

मे ४ मा भएको घट्नापछि टोक्टासले डक्टरलाई बोलाएर उपचार गर्न लगाएका थिए । अस्पतालका कर्मचारीले उनको बच्चालाई आईसियुमा भर्ना गरेको र दुई घण्टा भित्र मृत घोषित गरेका थिए । उनले दिएको बयानमा आफू नर्भस ब्रेकडाउनको शिकार भएको र छोरा देखि घृणा उत्पन्न थालेको बताएका छन् ।

उनका छोरा कासिमलाई रुघा खोकी लागेपछि अस्पताल भर्ना गरिएको र डक्टरहरुले कोरोना भाइरस हुन सक्ने आशंकामा उपचार गरिरहेका थिए । कासिमलाई आफ्नो बुवासँगै आइसोलेसनमा राखिएको थियो । तर उनको रिपोर्ट भने पछि नेगेटिभ आएको थियो ।

कासिमको मृत्यु शंकास्पद नदेखिएको बताइएको भएपनि उनको शरिरलाई अटोप्सीका लागि अस्पतालमै राखिएको थियो । टर्कीस सरकारी सञ्चार माध्यमका अनुसार टोक्टासले आफ्नो समाजिक संजालमा कासिमको चिहानको फोटो राखेको त्यसपछि पश्चाताप र ग्लानीले ११ दिनपछि प्रहरीमा गएर बयान दिएका थिए ।

पक्राउ पर्नु भन्दा अघि टोक्टास टर्कीस अमेच्योर फुटबल लिगमा खेलिरहेका थिए । उनको करिअरको सबैभन्दा सफल दुई बर्ष २००७ देखि रहेको थिए जब उनी सुपर लिगमा हासेट्टेपेका लागि खेलेका थिए ।

Click to comment

Trending