Headline

होप सोलोको कुकुर माथि गोली प्रहार, अवस्था चिन्ताजनक

Published

on

अमेरिकी महिला फुटबल टोलीकी पुर्व गोलकिपर होप सोलोको पाँच मध्येको एक कुकुरमाथि गोली प्रहार भएको छ ।

खुट्टामा लागेको गोलीका कारण उनको कुकुर कोननको अवस्था गम्भिर रहेको सोलोले ट्विटर मार्फत जानकारी गराएकी छिन् । सोलोले आफ्ना पति जेरामी, जो एक रग्बी खेलाडी हुन्, र आफ्ना पाँच वटै कुकुरको पुराना तस्विर सार्वजनिक गर्दै घट्नाको भत्र्सना गरेकी छिन् ।

“हाम्रो निकै राम्रो कुकुर कोनन गएरातिको गोली प्रहारपछि गम्भिर अवस्थानमा रहेको छ । यो समाचार समाजिक सञ्जालमा दिन मलाई निकै कडिन लागि रहेको छ र सबैभन्दा कठिन यो जघन्य घट्ना बुझ्न लागि रहेको छ,” उनले ट्विटरमा लेखेकी छिन् ।

कोननलाई कसले र कसरी गोली प्रहार गरेको थाहा हुन सकेको छैन । गोली प्रहारपछि कोननलाई सोलोको घर नर्थ क्यारोलाइनामै रहेको भेट्नरी क्लिनिकमा लगेर उपचार गरिएको थियो । सोलोले कोननलाई अब प्रोस्थेटिक लेग (कृत्रिम खुट्टा) दिने सोचिरहेकी छिन् भने यस बिषयमा कसैसँग जानकारी छ भने पनि जानकारी बाड्न आग्रह गरेकी छिन् । कुकुरलाई लाग्ने कृत्रिम खुट्टाको ३ हजार अमेरिकी डलरसम्म पर्न सक्छ ।


सन् २००० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी सोलोले अमेरिकाका लागि दुई पटक ओलम्पिक स्वर्ण पदकका साथै २०१५ को बिश्वकप पनि जितेकी थिइन् । उनले अमेरिकाको लागि २ सय २ खेल खेलिन् । २०१६ को रियो ओलम्पिक्समा अमेरिका स्विडेनसँग पराजित भएपछि ३८ बर्षिया सोलो टिमबाट बाहिरिएकी थिइन् ।

Click to comment

Trending