Headline

क्वारेन्टिन नियम तोड्दै मञ्जन किन्न गएपछि बुन्डेसलिगा प्रशिक्षक कारबाहीमा

Published

on

जर्मन प्रथम श्रेणी बुन्डेसलिगाको टोली अस्बर्गका प्रमुख प्रशिक्षक हिको हेरलिचले क्वारेन्टिन नियम तोड्दै दात माझ्ने मञ्जन किन्न गएपछि सुचारु हुन गइरहेको लिगको पहिलो खेल गुमाउने भएका छन् ।

कोरोना भाइरसका कारण बन्द भएको बुन्डेसलिगा शनिबार शुरु हुन गइरहेको छ भने पहिलो खेलमा अस्बर्गले उल्फ्सबर्गको सामना गर्न गइरहेको छ । बिहिबारको पत्रकार सम्मेलनमा आफूले क्वारेन्टिन नियम तोड्दै होटल बाहिर निक्लदै पसलमा मञ्जन खरिद गर्न गएको हेरलिचले स्विकारेका छन् ।

बुन्डेसलिगाका सबै टोलीहरुलाई प्रतियोगिता सुचारु गर्नु अघि क्वारेन्टिनमा राखिएको छ । मैले होटल छोडेर गल्ति गरे, एक बिज्ञप्तिमा हेरलिचले भनेका छन् । ४८ बर्षिय हेरलिच मार्च १० मा अस्बर्गको प्रशिक्षक नियुक्त भएका थिए भने शनिबारको खेल उनको लागि पहिलो हुन गइरहेको थियो ।

बुन्डेसलिगा मार्च दोश्रो सातादेखि स्थगित गरिएको थियो भने युरोपका ठूला देशहरुमध्ये सबैभन्दा कम प्रभावित जर्मनीले लकडाउनलाई खुकुलो पार्दै बन्द रँगशालामा लिग फुटबल सुचारु गर्न गइरहेको हो ।

“क्वारेन्टिनमा मैले अपनाउनु पर्ने सबै सावधानी अपनाएपनि यो स्थितिमा भने टिम र पब्लिकको रोल मोडलको रुपमा काम गर्न असफल भए । म आफ्नो गल्ति स्विकार्छु । म शुक्रबारको प्रशिक्षण र शनिबारको खेलको लागि टिममा हुने छैन,” यसअघि भएको भिडियो कन्फेरेन्समा टुथपेस्ट नभएर नजिकैको सुपर मार्केट गएको स्विकारेका हेरलिचले भने ।

अस्बर्गले खेलाडी र कोचिङ्ग स्टाफहरुको नियमित रुपमा कोरोना भाइरस परिक्षण भइरहेको र हेरलिचको दुई वटा परिणाम नेगेटिभ आएमा उनी टोलीसँग जोडिन पाउने बताएको छ । बुन्डेसलिगमा १४ औं स्थानमा रहेको अस्बर्ग रेलिगेसन जोन भन्दा पाँच अक माथि छ ।

Click to comment

Trending