Headline

आयरल्याण्डको पाकिस्तान र न्युजिल्याण्ड बिरुद्दको घरेलु शृंखला रद्द 

Published

on

कोरोना भाइरसका कारण आयरल्याण्डको घरेलु मैदानमा आयोजना हुने भनिएको पाकिस्तान र न्युजिल्याण्ड बिरुद्धको शृंखला रद्द भएको छ ।
गत राती आयरल्याण्ड क्रिकेट बोर्डको बैठकले कोरोनाको प्रभाबका कारण दुई शृंखला रद्द गर्ने निर्णय गरेको हो भने इंग्ल्यान्ड भ्रमणको बिषयमा भने सम्भब भए सम्म शृंखला निरन्तरता दिने निर्णय गरेको छ ।
बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘न्युजिल्याण्ड बिरुद्धको घरेलु शृंखला तथा पाकिस्तान बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखला हालको लागि कोरोनाका कारण रद्द गर्ने निर्णय गरिएको छ । त्यस्तै सेप्टेम्बरमा इंग्ल्यान्डको घरेलु मैदानमा हुने भनिएको तीन खेलको शृंखलाका लागि भने इंग्ल्यान्ड क्रिकेट बोर्डसँग सल्लाह गर्ने छौं ।’
आयरल्याण्ड बोर्डका अनुसार हालको अवस्थामा न्युजिल्याण्ड र पाकिस्तानले आयरल्याण्डको भ्रमण गर्न नसक्ने भएका कारण शृंखला रद्द गर्न भनेको जनाएको पनि बतायो । दुबै टोलीले कोरोनाको अवस्था सामान्य भए पछि भ्रमण गर्न इच्छुक रहेको पनि जनाएको छ ।

Click to comment

Trending