Headline

आईपीएल रद्द भए भारतीय क्रिकेट बोर्डलाई चरम आर्थिक संकट लाग्ने

Published

on

कोरोनाका कारण शुरु हुन नसकेको इण्डियन प्रिमिएर लिग (आईपीएल) को सन् २०२० को संस्करण रद्द भएको खण्डमा भारतीय क्रिकेट बोर्ड चरम आर्थिक संकट जाने भएको छ ।

मार्चको २९ तारिखबाट शुरु हुने भनिएको आईपीएल कोरोना र त्यसका कारण भारत भर गरिएको लकडाउनका कारण कहिले हुने भन्ने पनि निश्चित हुन सकेको छैन । त्यस्तै कोरोनाको प्रभाब कहिले सम्म रहने भन्ने टुंगो लाग्न नसक्दा यसको मिति पनि तोक्न बिसिसिआईले सकिरहेको छैन ।

अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपका कारण पनि यस बर्षको सिजन रद्द हुन सक्ने सम्म बताइएको छ । यदि १३औं संस्करणको आईपीएल रद्द भएको खण्डमा बोर्डलाई चार हजार करोड घाटा लाग्ने आँकल गरेको बिसिसिआईका कोषाध्यक्ष अरुण धुमलले जानकारी दिए ।

धुमलले कोरोनाको प्रकोप कम भएर चांडो भन्दा चांडो अन्तरास्ट्रिय क्रिकेट फर्किनेमा आशावादी रहेता पनि आफुहरु सरकारको नियम कुर्न तयार रहेको पनि बताए । उनले भने ‘हामीलाई अब क्रिकेट कहिले फर्कन सक्छ भन्ने केहि थाहा छैन । त्यस्तैले यो बर्ष आईपीएल हुन्छ वा हुँदैन केहि भन्न सकिने अवस्था छैन । त्यस्तै यो बर्ष नहुन पनि सक्छ ।’
कोरोनाका नै कारण दक्षिण अफ्रिका बिरुद्धको घरेलु मैदानमा शुरु भएको एकदिवसीय शृंखला पनि बीचमा नै रद्द भैसकेको छ । सन् २००८ देखि शुरु भएको आईपीएलबाट बिसिसिआईलाई मात्र नभएर भारतीय अर्थतन्त्रमा पनि प्रत्येक बर्ष ११ बिलियन डलरको उत्पन्न गर्ने गर्दथियो ।

डफ र फेल्प्स आर्थिक परामर्शदाताले गरेको एक अध्यन अनुसार आईपीएलको गत बर्षको ब्रान्ड भ्यालु छ दशमलब सात बिलियन डलर रहेको जनाएको थियो ।

Click to comment

Trending