Headline

इङ्गल्याण्ड मिडफिल्डर डेली अलिको घरमा लुटपाट

Published

on

टोटन्ह्यामका स्टार खेलाडी डेली अलीको घरमा हतियारधारी चोरले लुटपाट मच्चाएका छन् । लुटपाटसँगै भएको आक्रमणमा अलीको अनुहारमा केही चोटहरु पनि लागेको छ ।

२४ बर्षिय अली उनका दाई र प्रेमिकासँग सेल्फ आइसोलेसनमा बसिरहेका थिए । चोरहरुले मध्यरातको मौका छोपी घडी पैसासहित गहनाहरु पनि लुटेर फरार भएका थिए ।
लण्डन प्रहरीले घटनाको छानबिन भैरहेको बताएको छ । प्रहरीले सिसिटिभी फुटेजहरु हेरिरहेको जनाएको छ । अली टोटन्ह्याम र इङ्ल्यान्डका महत्वपूर्ण खेलाडी हुन् । गत महिना मात्र उनलाई इङ्गलिस फुटबल संघले रँगभेदको आरोपमा कारबाही गरेको थियो ।

आफ्नो स्न्यापच्याटमा अलिले कोरोना भाईरसमा बाडिएका स्यानिटाइजर लिएर एक चिनिया व्यक्तिलाई देखाउदै जिस्काएको भिडियो सार्वजनिक गरेका थिए । उनका अर्का टोटन्ह्यामका खेलाडी साथी जान भेट्रोगेनको पनि घरमा यसै बर्ष चोरी भएको थियो । भेट्रोगेन च्याम्पियन्स लिग खेल्न विदेशमा रहने क्रममा घरमा चोरी भएको थियो ।

Click to comment

Trending