Headline

ह्यामिल्टन ब्रिटेनका सबैभन्दा धनी खेलकुद स्टार

Published

on

६ पटकका फर्मुला वान बिश्व च्याम्पियनसिप बिजेता लेविस ह्यामिल्टन ब्रिटेनको सबैभन्दा धनी खेलकुदका स्टार बनेका छन् ।

सन्डे टाइम्सले निकालेको ब्रिटेनको धनीहरुको सुचि अुनसार ३५ बर्षिय ह्यामिल्टनको धनमा ३७ मिलियन पाउण्डले बृद्धि भएको हो । सन्डे टाइम्सले ३२ बर्ष यता देखि निकाल्न थालेको सुचिमा ह्यामिल्टन पहिलो पटक खेलाडीहरु मध्ये पहिलो नम्बरमा पुगेका हुन् । उनले गत एक बर्षमा २ सय २४ मिलियन पाउण्ड जोडेका थिए ।

१ सय ७० मिलियन पाउण्ड आम्दानी गरेका आइरिस गल्फर रोरि म्याकिल्रोय ब्रिटेनका १ हजार सबैभन्दा धनी मानिसहरुको सुचिमा पर्न सफल अर्का ब्रिटिस खेलाडी हुन् । युवा धनी सुचिको ५० मध्ये १८ खेलकुदका स्टारहरु रहेका छन् ।

बक्सर एन्थोनी जोसुवा ३० बर्षभन्दा मुनिका धनी खेलाडीहरुमा रहेका एक मात्र फुटबल बाहेकका व्यक्ति हुन् । ३० बर्ष भन्दा मुनि सबैभन्दा बढी धन आर्जन गर्ने सुचिको पहिलो नम्बरमा वेल्सका स्ट्राइकर ग्यारेथ बेल रहेका छन् । उनले गत बर्ष १ सय १४ मिलियन पाउण्ड सम्पत्ति जोडेका थिए ।

१ सय ७ मिलियन पाउण्ड सहित जोसुवा दोश्रो र म्यानचेस्टर युनाइटेडका पउल पोग्बा ५० मिलियन पाउण्ड सहित तेश्रो स्थानमा रहेका छन् । केभिन डि ब्रुन, डेभिड डि जिया, रहिम स्टर्लिङ्ग, एनगोलो कान्ते, ह्यारि केन, ड्यानिएल स्टरिज र जोर्डन हेन्डर्सन क्रमश चौथो देखि १० औं स्थानमा रहेका छन् ।

Click to comment

Trending