Headline

आर्चरलाई बन्द रँगशालामा दर्शकको उह् र आह्को आवाज चाहियो

Published

on

इङ्गल्याण्ड अल राउण्डर जोफरा आर्चरले बन्द रँगशालामा क्रिकेट प्रतियोगिता फर्काइने हो भने दर्शकको आवाजको रेकर्डिङ्ग बजाउदा राम्रो हुने बताएका छन् ।

कोरोना भाइरस महामारीका कारण इङ्गल्याण्ड र वेल्समा जुलाई १ सम्मका लागि क्रिकेट लगायत अन्य खेलकुद गतिविधिहरुमा पनि बन्देज लगाइएको छ । इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्डले दर्शकबिना बन्द रँगशालामा प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।

“हामी क्रिकेटमा म्युजिक बजाउछौं । दर्शकको हल्ला किन नबजाउने त ? खाली रँगशाला हो भने ताली बजाउदा पनि भयो । दर्शकले उह् र आह् गरेको बजाउने हो भने अझै यथार्थपरक सुनिन्छ,” आर्चरले बिबिसीलाई दिएको एक अन्तर्वार्तामा भने ।

इसिबीले खेलाडीहरुको नियमित रुपमा कोरोना भाइरस परिक्षण गर्ने व्यवस्था सहितको जैव सुरक्षित रँगशालाको सम्भाभ्यताको लागि काम गरिरहेको छ । यसको मतलब होटल रँगशालामा मै होटल भएका ओल्ड ट्राफोर्ड र साउथ्याम्पटन जस्ता रँगशाला प्रयोगमा ल्याइनु हो ।

अघिल्लो हप्ता इङ्गल्याण्ड तिब्र गतिका बलर मार्क उडले खेलमा फर्किनका लागि क्रिकेटरहरु आइसोलेसनमा बस्नका लागि तयार रहेको बताएका थिए । जनवरीदेखि कुहिनाको चोटका कारण नखेलेका आर्चरले खेलाडीको सुरक्षालाई मध्येनजर गर्दै क्रिकेट खेलाइने हो भने आफू तयार रहेको बताएका थिए ।

Click to comment

Trending