Headline

बाबर आजम पाकिस्तानका नयाँ कप्तान

Published

on

पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो केही सयम उत्कृष्ट प्रदर्शन गर्दै आएका बाबर आजमलाई पाकिस्तानको एकदिवसीय र ट्वान्टी ट्वान्टीको नयाँ कप्तान नियुक्त गरेको छ ।

आजमले एकदिवसीयमा सरफराज अहमदको स्थानमा कप्तानी गर्नेछन् । पछिल्लो एक बर्ष आजम एकदिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटका सर्वाधिक स्कोरर मध्ये एक रहेका छन् । टेस्ट क्रिकेटमा पाकिस्तानको कप्तानीमा अजहर अलीलाई नै निरन्तरता दिइएको छ ।

जुलाई १ बाट शुरु हुने २०२०–२०२१ को सिजनका लागि आजमलाई नियुक्त गरिएको पाकिस्तान क्रिकेट बोर्डले बताएको छ । पाकिस्तानले यो सिजन ९ टेस्ट, ६ एकदिवसीय र २० ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ ।

यसबाहेक पाकिस्तानले एसिया कप र ट्वान्टी ट्वान्टी बिश्वकप पनि खेल्न गइरहेको छ । यद्दपी कोरोना भाइरसका कारण निकट भविष्यका प्रतियोगिताहरु हुने नहुनेमा भने शंका कायमै रहेको छ ।

“यो निकै सही निर्णय हो किन भने यसले अजहर र आजम भविष्यमा टिममा खेल्ने भुमिकाको बिषयमा निश्चित भएका छन् । अब उनीहरुले भविष्यको योजनामा राम्ररी काम गर्दै प्रतियोगिताहरु जित्ने टोली बनाउने छन् भन्नेमा म बिश्वस्त छु,” पाकिस्तानका मुख्य छनोटकर्ता र प्रशिक्षक मिस्बाह उल हकले भने ।

Click to comment

Trending