Headline

कोहली क्रिकेटका रोजर फेडरर: एबी डि भिलियर्स

Published

on

दक्षिण अफ्रिकाका पुर्व कप्तान एबी डि भिलियर्सले भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीलाई स्विस टेनिस लिजेण्ड रोजर फेडररसँग तुलना गरेका छन् ।

इन्डियन प्रिमिएर लिग (आईपीएल) मा रोयल च्यालेंजर्स बेंगलोरबाट खेल्दै आएका डि भिलियर्सले कोहलीको फेडररसँग तुलना गरेका उनले पुर्व अष्ट्रेलियन कप्तान स्टिभ स्मिथ भने अर्का टेनिस खेलाडी राफेल नाडाल रहेको बताए ।

जिम्बाब्वेका पुर्व खेलाडी तथा हालका कमेन्टेटर पोमी एमबांग्वासँगको सामाजिक संजालको कुराकानीमा ३६ बर्षिय डि भिलियर्सले भने: “कोहली बलको नेचुरल स्ट्राइकर हुन् । उनी फेडरर जस्तै हुन् । स्मिथ भने धेरै जसो हिसाबमा नाडाल जस्तो छन्, मानसिक रुपमा निकै मजबुत।”

“स्मिथ रन बनाउने तरिकाहरु हेर्छन् । उनी नेचुरल देखिदैनन् तर पनि टन्न किर्तिमानहरु आफ्नो नाममा लेखाउन सफल भएका छन् । कोहलीले विश्वको सबै ठाउँमा रन बनाएका छन् र उनी मेरो रोजाईका क्रिकेटर पनि हुन,” डि भिलियर्स भन्छन् ।

अहिलेको पुस्ताका सबैभन्दा उत्कृस्ट ब्याट्सम्यान कोहलीले भारतकै ब्याटिङ्ग लिजेण्ड सचिन तेन्दुल्करको धेरै किर्तिमानहरु भँग गरिसकेका छन् भने यस्तै फर्म कायम राखेको खण्डमा अझै धेरै किर्तिमानहरु तोड्न सक्छन् । लक्ष्य पछ्याउने हिसाबमा सचिन भन्दा कोहली धेरै नै राम्रा ब्याट्सम्यान भएको पनि डी भिलियर्सले धारणा राखे ।

“कोहली र म दुबैजना सचिनको खेल हेर्दै हुर्किएका हौं । उनी हाम्रो प्रेरणाका श्रोत हुन् । उनले आफ्नो खेल जीवनमा जुन उचाई हासिल गरे त्यो नयाँ आउने पिढीलाई समेत राम्रो उदाहरण हो । कोहली आफैले पनि सचिनसँग मेरो तुलना गर्न मिल्दैन भन्छन् । सचिन सबै अवस्थामा उत्कृष्ट छन् तर लक्ष्य पछ्याउने हिसाबमा कोहली नै उत्कृष्ट हुन् । जब सम्म कोहली क्रिजमा छन् कुनै पनि लक्ष्य सुरक्षित हुँदैन,” उनले भने ।

कोहलीले भने आफु र डि भिलियर्सलाई फुटबलर क्रिष्चियानो रोनाल्डो र लियोनेल मेस्सीसँग तुलना गर्ने गर्दछन् । कोहली आफुलाई रोनाल्डो र डि भिलियर्सलाई मेस्सी भन्छन् ।

Click to comment

Trending