Headline

युक्रेनका स्ट्राइकरलाई १ बर्षको डोपिङ्ग ब्यान

Published

on

युक्रेन र डाइनामो किएभका स्ट्राइकर आर्टेम बिसिडीनलाई युएफाले एक बर्षको डोपिङ्ग ब्यान लगाएको छ ।

गत नोभेम्बरमा स्विडिस क्लब माल्मोबिरुद्ध भएको युरोपा लिग अन्तर्गतको खेलपछि लिइएको ड्रग टेस्टमा २४ बर्षिय बिसिडीन पोजिटिभ पाइएका थिए । उनीमाथि लागेको प्रतिबन्ध डिसेम्बर १९ देखि भएकाले उनले युरो कप खेल्न सक्ने भएका छन् ।

कोरोना भाइरसका कारण युरो कप एक बर्ष पछाडी धकेलिएको हो । युक्रेनका लागि दुई अन्तर्राष्ट्रिय गोल गरेका बिसिडिनले युएफाको निर्णय बिरुद्ध अपिल गरेका छैनन् । युरो कप इतिहासमा पहिलो पटक युरोपका १२ शहरहरुमा हुन गइरहेको छ ।

Click to comment

Trending