Headline

चार पटकका बिश्व बिजेता सबाष्चियन भेट्टल फरारी छाड्दै

Published

on

चार पटकका फर्मुला वान च्याम्पियन सबास्चियन भेट्टलले फरारी छोड्ने भएका छन् । सम्झौता नविकरणलाई लिएर भएको छलफल बिना निष्कर्ष टुँगिएपछि भेट्टलले फरारी छोड्ने पक्का भएको हो ।
फरारीले उनलाई फेरी नयाँ सम्झौता थमाउने धेरैले आशा रखेका थिए । आधिकारिक रूपमा फरारीले घोषणा मात्र गर्न बाँकी रहेको भनिएको सम्झौताले अर्कै मोड लिन पुगेको हो । सम्झौताबिहिन बनेका ३२ बर्षिया भेट्टलको अब फर्मुला वान भविष्य अन्योलमा परेको छ।
फरारीले भेट्टलको स्थानमा हाल म्याकलरिन ड्राइभर कार्लास सेन्जलाई भित्र्याउने प्रयास गरिरहेको छ ।  स्पेनिस सेन्ज नआउने अवस्थामा भने फरारीले अर्का चालक रेनल्टका ड्यानियल रिकार्डोलाई आफ्नो टोलीमा भित्र्याउने स्रोतले जनाएको छ ।
विश्वका उत्कृष्ट चालक मध्येका एक भेट्टेलले भने अब आफ्नो खेल जीवन कता बिताउने हुन् त्यो भने भबिष्यमै थाह हुने छ ।सेन्जलाई फरारीले भित्र्याएको खण्डमा म्याक्लरिनले जर्मन ड्राइभर भेट्टललाई अनुबन्धन गर्न सक्ने हल्ला पनि चल्दै आएको छ ।
म्याक्लरिनले भेट्टललाई अनुबन्धन नगराउने हो भने उनको खेल जीवनमा ठूलो धक्का लाग्ने छ । उता रेड बुलले पनि भेट्टेललाई अनुबन्धन गर्ने जस्तो देखिदैन । रेड बुलले उसको स्टार ड्राइभर म्याक्स भेस्र्टापनलाई नयाँ सम्झौता दिदै अरु चालक नराख्ने घोषणा नै गरिसकेको छ ।
रेड बुल त्यही टिम हो जहाँ भेट्टलले फर्मुला वान करिअरका चार वटा च्याम्पियनसिप जितेका थिए ।

Click to comment

Trending