Headline

एनबिएको यो सिजन रद्द गर्नुस, अर्को बर्ष आउनुसः सकिल ओ निल

Published

on

अमेरिकन बास्केटबल लिजेण्ड शकिल ओ निलले कोरोना भाइसरको महामारीलाई मध्येनजर गर्दै यो सिजनको एनबिए रद्द गरिनु पर्ने बताएका छन् ।

बिश्वकै महँगो मध्येको एक खेलकुद लिग एनबिए मार्चको दोश्रो सातादेखि हुन सकेको छैन । एनबिएमा यो सिजन इस्टर्न र वेष्टर्न कम्फेरेन्सका पाँच नियमित खेलहरु सहित दुई महिनै प्ले–अफ खेलाइनु पर्नेछ ।

सबैजना घर जानुस, स्वस्थ बन्नुस अनि अर्को बर्ष आउनुहोस, चार पटकका एनबिए च्याम्पियन श्याक नामले चर्चित रहेका ओ निलले भने । ४८ बर्षिय श्याक अहिले टेलिभिजन पण्डितको रुपमा काम गरिरहेका छन् ।

“खेलाडीको रुपमा खेलमा फर्कने प्रयास गर्ने अनि हतार हतारमा प्लेअफ पनि खेल्ने ? कुनै टिमले जितमा पनि त्यो राम्रो होइन । प्ले अफमा नयाँ फम्र्याट ल्याउने हो भने उपाधिको दाबेदारीतामै नरहेको टोलीले जित्यो भने के गर्ने । त्यसलाई कसैले सम्मान गर्ने छैनन् । त्यसैले यो सिजन रद्द गर्दिनुस । खेलाडी र फ्यानहरुको चिन्ता गर्नुहोस अनि अर्को बर्ष आउनुहोस,” उनले भने ।

झण्डै १४ लाख संक्रमित र ८० हजार भन्दा बढीको मृत्यु भइसकेको अमेरिका कोरोना भाइरसका कारण संसारमै सबैभन्दा बढी प्रभावित देश बनेको छ । एनबिए सुचारु गर्नको लागि एक बबल प्लान सुझाव गरिएको छ जस अन्तर्गत सबै टोली एउटै स्थानमा आउनेछन् ।

यसका लागि क्यारेबियन द्विप बहामास, डिज्नी वल्र्ड अथवा लास भेगास चुन्न पनि सुझाव दिइएको छ । सुरक्षित स्थानमा राखिदै खेलाडीहरुको कोरोना भाइरस परिक्षण गरिनेछ । तर नेशनल बास्केटबल प्लेयर्स एशोसिएसनका कार्यकारी निर्देशक मिचेल रोबर्टले यो बिकल्प खेलाडीहरुलाई जेलमा राख्नु जस्तो रहेको भन्दै आएका छन् ।

सन् २००० देखि २००२ सम्म लस एन्जलस लेकर्स र २००६ मा मायामी हिटका लागि एनबिए जितेका श्याकले खेलाडीहरुलाई कस्तो महसुस भइरहेको छ राम्रोसँग थाहा भएको बताए । “हामी शत प्रतिशत नै तैयार हुने हो भने म जति पनि कुर्नको लागि तयार हुनेछु । यो मात्र एक व्यक्तिको कुरा हो । खेल सकिएपछि घर जानै पर्छ । एक जना बिरामी भयो भने के गर्ने ? फेरि शुन्यबाट शुरु गर्ने ?,” उनले प्रश्न गरे ।

Click to comment

Trending