Headline

फ्रेन्च ओपन दर्शक बिना हुन सक्ने

Published

on

फ्रेन्च टेनिसका प्रमुख बर्नार्ड जुडिसेलीले फ्रेन्च ओपन दर्शक बिना नै खेलाइन सक्ने बताएका छन् ।

प्रतियोगिता यसअघि नै कोरोना भाइरसका कारण एक पटकलाई सरि सकेको छ भने क्ले कोर्ट ग्रान्ड स्ल्याम फेरी अर्को पटकका लागि सार्न भन्दा बन्द रंगशालामा नै भए पनि आयोजना गर्नेमा पुगेको जुडिसेलीले बताए ।

यस अघि मे २४ देखि जुन सात सम्म आयोजना गर्ने भनिएको फ्रेन्च ओपनको मिति सर्दै सेप्टेम्बर २० देखि अक्टोबर चार तारिख सम्मका लागि नयाँ मिति तय गरिएको छ । तर युरोप र फ्रान्समा जुन प्रकारले कोरोना फैलिएको छ त्यसलाई आधार बनाउँदा अब पनि सरेको नै मितिमा प्रतियोगिता हुनेमा आशा अझै बाकी छ ।

जुडिसेली भन्छन् : “निर्णयमा अहिले नै पुगिहाल्ने अवस्था छैन । धेरै विकल्पहरु बाँकी नै छन् । रोल्याण्ड ग्यारा मुख्य रुपमा खेलाडी र खेलको कथा हो । प्रतियोगिताका खेलहरु रँगशाला र टिभीमा हुन्छन् । विश्वभर रहेका करोडौं दर्शक प्रतियोगिताको प्रतिक्षा गरेर बसेका छन् । बन्द रंगशाला भित्र खेल खेलाउँदा यो व्यवसायिक हिसाबले पनि राम्रो हुन्छ, जस्तै टेलिभिजन प्रशारण अधिकार । यस बिषयलाई नकार्न सकिंदैन ।”

प्रत्येक बर्ष फ्रेन्च ओपन हेर्नका लागि पाँच लाख भन्दा बढी दर्शक आउने गर्छन् । तर ३३ प्रतिशत भन्दा बढी आर्जन प्रशारण अधिकारबाटै हुने गरेको छ । कोरोनाका कारण मार्चको मध्यबाट टेनिसका कुनै पनि प्रतियोगिता आयोजना हुन सकेका छैनन् भने छिटोमा जुलाईको १३ बाट मात्र आयोजना हुनेछन् ।

कोरोनाका नै कारण दोश्रो विश्व युद्ध पछि पहिलो पटक विम्बल्डन पनि यस बर्षका लागि रद्द भएको छ भने अगष्ट–सेप्टेम्बरमा आयोजना हुने युएस ओपन पनि समयमा नै हुने सम्भावना पनि कम छ ।

Click to comment

Trending