Headline

ओजिलको क्षमता माथि प्रश्न नगर्न लेनोको आग्रह

Published

on

कोरोना भाइरसका कारण इङ्गलिस प्रिमियर लिग रोकिनु अघि ३१ बर्षिय आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । जारी सिजनमा उनले आर्सनलको तर्फबाट मात्र ६ गोल र चार असिस्ट गरेका छन् ।

तर पनि उनका आर्सनल र जर्मनीका साथी बन्र्ड लेनोले उनको क्षमता माथि अनावाश्यक प्रश्न र अवमुल्यन गरिएको धारणा राखेका छन् । लेनो ओजिलको क्षमता सामान्य तथ्यांक भन्दा माथि रहेको र उनको कारणले अन्य खेलाडीलाई पनि खेल्नका लागि सहज वातावरण मिलेको बताउंछन् ।

“ओजिलको पास निकै नै राम्रो छ र अबिश्वसनीय पनि,” गोलकिपर लेनोले बताए । “पक्कै पनि सिजन रोकिनु अघि उनले खासै धेरै असिस्ट गर्न सकेका छैनन् । यदि तपाईं उनले के कति मौका मिलाएका छन् भन्ने याद गर्नु हुन्छ भने शायद उनले असिस्ट गर्नु अघि बल पास गरेको पनि हुनसक्छ । उनले आफ्नो अन्य खेलाडी साथीहरुलाई कसरी आवश्यक स्थानमा खेल्ने वातावरण मिलाउँछन् त्यो कसैले याद गर्दैन ।”

यस सिजन उल्लेखनीय योगदान दिन नसके पनि ओजिलले आर्सनलका लागि प्रभावशाली प्रदर्शन गर्दै दुई सय ५४ खेलमा ७७ असिस्ट गरेका छन् ।

Click to comment

Trending