Headline

फ्रान्सको माथिल्लो श्रेणीका फुटबलरलाई हड्तालमा जान आह्वान

Published

on

पुर्व पेरिस सेन्ट जमाईन र टुलुजका व्यवस्थापक एन्टोनी कोम्बुरेले लिग वानको आगामी सिजनमा २२ क्लबलाई सहभागिता जनाउन नदिए हड्तालमा जानका लागि खेलाडीहरुलाई आह्वान गरेका छन् ।

केहि दिन अघि कोरोना भाइरसका कारण फ्रान्सको माथिल्लो श्रेणीको लिग वान स्थगित गरिएको थियो भने पिएसजीलाई लिग विजेता घोषणा गरिएको थियो । त्यस्तै अंक तालिकाको पुछारमा रहेका क्लबहरु एमिएन्स र टुलुज तल्लो श्रेणीमा घटुवा भएका थिए ।

अन्य देशमा लिग के गर्ने भनेर टुँगो लाग्नु भन्दा अगाडी नै लिग वान स्थगित गरेको भन्दै फ्रान्समा यसको चर्को आलोचना भएको छ भने केहि क्लबहरुले यसका बिरुद्धमा मुद्दा दायर गर्ने भन्दै धम्कि समेत दिएका छन् ।

मुद्दा दायर गर्ने भन्दै धम्कि दिने क्लबहरुमा बिशेष गरि लायोन र एमिएन्स रहेका थिए भने अब टुलुजले पनि यसमा साथ दिन सक्ने भएको छ । कोम्बुरेले २०२०–२१ को सिजनमा दोश्रो श्रेणीबाट पहिलो श्रेणीमा बढुवा भएका दुई क्लब एमिएन्स र टौलौसेको घटुवा बदर गर्दै कुल २२ क्लब सहितको लिग संचालन नगरेमा यसको बिरुद्धमा लाग्नका लागि खेलाडीहरुलाई अपिल गरेका हुन् ।

“अर्को सिजन यदि २२ टोली सहितको लिग संचालनमा आएन भने खेलाडी तथा प्रशिक्षकहरु हड्तालमा जानका लागि राजी हुन पर्छ,” कोम्बुरेले भने । “कोरोनाका कारण अब खेलाडीहरुको जागिरमा कटौती हुन्छ । यो शिकारु खेलाडीहरुमा धेरै लागु हुनेछ । खेलाडीहरुको यस्तो अवस्थामा खेल जीवन नै सकिन सक्छ । यो अनुचित हो । मलाई अन्याय मन पर्दैन । यस घडीमा सबैजना एक हुन पर्छ । तर हामी एक हुन सकेका छैनौं ।”

कोरोनाका कारण लिग वान रोकिनु अघि एमियन्सले २८ खेल खेल्दै २३ अंक जोडेको थियो भने १८ औं स्थानको निम्सभन्दा चार अंकले पछि रहेको थियो ।

Click to comment

Trending