Headline

अफगानिस्तानका क्रिकेट खेलाडीलाई ६ बर्षको प्रतिबन्ध 

Published

on

अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तानका विकेट किपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई सबै खालको क्रिकेटबाट ६ बर्षको प्रतिबन्ध लगाएको छ । म्याच फ़िक्सिङ (खेलमा मिलेमहतो) गरेको आरोप लागेका उनलाई म्याच फ़िक्सिङ पुस्टि भए पछि बोर्डले ६ बर्षको प्रतिबन्ध लगाएको हो ।
शफिकउल्लाहले सन् २०१८ को अफगानिस्तान प्रिमिएर लिग र सन् २०१९-२० को बंगलादेश प्रिमिएर लिगमा म्याच फ़िक्सिङ गरेको आरोप स्विकार गरे पछि बोर्डले उनलाई ६ बर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको बोर्डले जारी गरेको प्रेश बिज्ञप्तिमा जनाइएको छ ।
शफिकउल्लाहलाई अफगानिस्तान बोर्डले भ्रस्टाचार मुद्धाको चारवटा बिषयमा आरोप लागेको जनाएको छ । शफिकउल्लाहलाई लागेका चारवटा आरोप यस प्रकार रहेका छन् – घरेलु क्रिकेटमा खेलको नतिजाका लागि गरेको मिलेमहतो, नतिजा उल्टाउन घुस लिएको, म्याच फ़िक्सिङ गर्नका लागि आफ्नो टोलीका सदस्यलाई पनि समावेस गरेको र बुकीहरुबाट आएको खेल मिलेमतोको बिषयमा बोर्डलाई जानकारी नगराएको – रहेको छ ।
३१ बर्षिय शफिकउल्लाह अफगानिस्तानलाई एकदिवसीय मान्यता दिलाउने देखि लिएर दुईवटा विश्वकपमा अफगानिस्तान टोलीका लागि खेली सकेका छन् । सन् २००९ देखि २०१९ सम्म अफगानिस्तानका लागि उनले २४ एकदिवसीय र ४६ वटा ट्वान्टी ट्वान्टी खेल खेलेका छन् भने पछिल्लो सेप्टेम्बर देखि उनी टोलीमा स्थान बनाउन असफल रहेका थिए ।

Click to comment

Trending