Headline

स्पेनमा पाँच खेलाडी कोरोना भाईरस संक्रमित

Published

on

स्पेनको दोस्रो डिभिजन लिगका पाँच खेलाडीलाई कोरोना भाईरस (कोविड -१९)को संक्रमण पुष्टि भएको छ।

नाम नखुलाइएका खेलाडीहरुलाई अहिले आइसोलेसनमा रखिएको पनि ला लिगाले जनाएको छ। ति पाँच खेलाडीलाई दैनिक टेस्ट गर्दै लगतार दुई प्ररिक्षण नेगेटिभ नआए सम्म टोलीमा समावेश नगराउने पनि ला लिगाले जनाएको छ।

स्पेनको दोस्रो डिभिजनलाई सेगुन्डा डिभिजन भनिने गरिन्छ भने त्यस्को मुख्य निकाय पनि ला लिगालाई मानिन्छ।

गत सता मात्र स्पेनले आफ्नो माथिल्लो डिभिजन लिगहरु बन्द ढोका पछाडि जुनमा सुरु गराउने निर्णय गरेको थियो।

निर्णय सँगै बर्सिलोना सहित धेरै अन्य क्लबहरुले खेलाडीको प्ररिक्षण गराउदै व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन।

स्पेनमा कोरोना भाईरसका करण २६,६०१ को मृत्‍यु भाईसकेको छ भने २,२४,३०९ लाई कोरोना संक्रमण भईसकेको छ।

Click to comment

Trending