Headline

संगाकारा लगातार दोश्रो कार्यकालका लागि एमसीसीको अध्यक्ष बन्दै

Published

on

श्रीलंकाका पुर्व कप्तान कुमार संगाकारा लगातार दोश्रो कार्यकालका लागि मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) को अध्यक्ष बन्ने भएका छन् ।

विश्वभर फैलिएको कोरोनाका कारण एमसीसीको हालका सबै कार्यक्रमहरु रद्ध भएका कारण संगाकाराको पदवादी एक बर्षको लागि थप गर्न लागिएको हो । तर यसको अन्तिम निर्णय भने जुन २४ मा बस्ने क्लबको बार्षिक साधारण सभाले टुंगो लगाउने छ ।

सन् २०१९ को अक्टोबरमा एमसीसीको अध्यक्षको पद सम्हालेका संगाकारा पहिलो गैर ब्रिटिश नागरिक हुन् । एमसीसीको अध्यक्षको पदवादी सामान्यतया १२ महिनाको हुन्छ तर संगाकारा १२ महिना भन्दा धेरैको लागि अध्यक्ष बन्न लागेका तेश्रो व्यक्ति हुन् । यस अघि पहिलो र दोश्रो विश्वयुद्धका क्रममा क्रमसः लर्ड हक (सन् १९१४-१९१८) र स्ट्य़ान्ली क्रिस्टोफर (सन् १९३९-१९४५) ले एक भन्दा बढी अवधिका लागि एमसीसीको अध्यक्ष भएका थिए ।

त्यस्तै क्लबले ‘कम्टन र एडरिच स्ट्य़ान्ड’ को मर्मत सम्हारका लागि पनि रकम उठाउन नयाँ कार्यक्रम लेराउने भएको छ । जसका लागि क्लबले आजीवन सदयस्ता दिने भएको छ । क्लबले सन् १९२६ देखि १९९६ सम्म आजीवन सदयस्ता दिने व्यवस्था गरेता पनि त्यस पछि भने बन्द गरेको थियो । अब नयां सदस्यता दिंदा त्यसको रकम करिब सात हजार देखि ८० हजार पाउण्ड सम्म पर्नेछ ।

Click to comment

Trending