Headline

पुरानै लयमा फर्कनेमा बिश्वस्त छन् कोहली

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले कोरोना भाइरसका कारण करिब दुई महिना क्रिकेटबाट टाढा रहे पनि अब कोरोना पछि क्रिकेटमा फर्कदा पुरानै लयमा फर्कन सक्ने धारणा राखेका छन् ।

कोहलीले अहिले आफु शारिरिक रुपमा फिट र तयार रहेको र क्रिकेट फर्किए पछि मानसिक रुपमा तयार हुन पर्ने पनि जनाए ।

‘मैंले मेरो घरमा जीम राखेको छु र त्यसमा आफुलाई व्यायाम गर्दा आवस्यक पर्ने सबै सामग्री छ । शारिरिक रुपमा क्रिकेटमा फर्किन मलाई खासै फरक पर्दैन । म यस्तो खेलाडी हुँ जो लामो समय नेटमा समय बिताउनु भन्दा पनि मानसिक रुपमा ससक्त हुन रुचाउँछु ।’

‘मलाई थाहा छ, जुन दिन म मानसिक रुपमा ससक्त छु, सकारात्मक र खुशी बन्न सक्छु र जहिले खेल शुरु हुन्छ मैंले जुन ठाउँबाट क्रिकेट छाडेको थिएँ त्यहीँबाट शुरु गर्न सक्छु ।’

कोरोनाका कारण भारतमा लागेको लकडाउन मे १७ मा सकिन्छ । करिब दुई महिना भन्दा लामो समय लकडाउनका कारण खेलाडीहरु घर भित्र नै बस्न बाध्य छन् । त्यस्तै भारतमा दुई हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने करिब ६० हजार यो रोगबाट संक्रमित भएका छन् ।

Click to comment

Trending