Headline

‘हामी टेस्ट क्रिकेटमा उत्कृष्ट ६ भित्र पर्न सक्छौ’

Published

on

बङ्गलादेश विकेटकिपर र पुर्व कप्तान मुस्फिकुर रहिम आफ्नो टोली टेस्ट राष्ट्रहरु मध्ये उत्कृष्ट ६ भित्र पर्न सक्षम रहेको बताएका छन् ।

बङ्गलादेशको आधुनिक क्रिकेटको बिकासमा शकिब अल हसनसँगै मुख्य भुमिका खेलेका रहिमले पछिल्लो दुई दशक राम्रो टोली हुदा हुदै पनि निकै कम उपलब्धि हात पर्न गएकोमा पनि पछुतो मानेका छन् । बङ्गलादेश क्रिकेटको अहिले सम्मकै ठूलो उपलब्धि गत बर्षको अण्डर १९ बिश्वकपको उपाधि हो ।

“टिमको रुपमा हामीले अझै धरै उपलब्धि हात पार्न बाकी नै रहेको छ । प्रतिभावान खेलाडीहरु हुँदा पनि हामीले दुई दशकमा ठूलो उपलब्धि हात पार्न सकेको छैनौ । हाम्रो प्रदर्शन घरेलु श्रंखलाहरुमा त उत्कृष्ट बनेको छ तर अब हामीले बिदेशमा हुने खेलहरुमा राम्रो गर्न बढी केन्द्रित हुनु पर्ने देखिन्छ,” मुस्फिकुरले एक बङ्गलादेशी क्रिकेट वेबसाइटलाई भने ।

पुर्व कप्तान मुस्फिकुरले बिश्व टेस्ट च्याम्पियनसिप उनको टोलीका लागि निकै ठूलो चुनौति हुने पनि बताए । “हामीले टेस्ट च्याम्पियनसिपका अवे खेलहरुमा राम्रो गर्न सक्यौ भने अन्तिम बरियतामा उत्कृष्ट ६ मित्र पर्न सक्छौं । हामीसँग त्यो क्षमता पनि छ तर टेस्ट च्याम्पियनसिप आफैमा एउटा कठिन चुनौतिको रुपमा रहेको छ । यो हाम्रो लागि मात्र नभएर सहभागि सबै टोलीहरुका लागि हो ।”

टेस्ट च्याम्पियनसिपमा बङ्गलादेश अन्तिम स्थानमा रहेको छ । दुई श्रंखला खेलेको बङ्गलादेशले आफ्ना तीन वटै खेल हारेको छ । त्यो मध्ये एक टेस्टको नवप्रवेशी राष्ट्र अफगानिस्तानबिरुद्ध रहेको छ । आयरल्याण्ड र अफगानिस्तान जोडिएको ९ टिमको टेस्ट च्याम्यिनसिपमा बङ्गलादेश र वेष्ट इन्डिजले खाता खोल्न सकेका छैनन् ।

Click to comment

Trending