Headline

एम्बाप्पेले गोल्डेन बुट येदेरसँग बाड्ने

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले २०१९–२० को फ्रेञ्ज लिग वानको गोल्डेन बुट विसाम बेन येदेरसँग बाड्ने भएका छन् । गोल्डेन बुट लिगको सर्वाधिक गोलकर्ताले पाउने गर्छन् ।

मोनाकोका स्ट्राइकर विसाम बेन येदेर र एमबाप्पेले समान १८–१८ गोल गरे पनि हिजो एमबाप्पेलाई नै गोल्डेन बुट प्रदान गरिने निर्णय गरिएको थियो । १८ गोल मध्ये  येदेरले तीन गोल पेनाल्टी मार्फत गरेका थिए । एमबाप्पेको गोल अनुपात येदेरको भन्दा राम्रो रहेको छ । एमबाप्पेले १८ गोल २० खेलमा गरेका हुन् भने येदेरले २५ खेल खेलेका थिए ।

तर एक दिन पनि बित्न नपाउँदै फ्रान्सका २१ बर्षिय एमबाप्पेले येदेरलाई फोन गर्दै गोल्डेन बुट लिनका लागि आग्रह गरेका छन् । एम्बाप्पेले सन् २०१८-१९ को इंग्लिस प्रिमिएर लिगको सिजन सादिओ माने, मोहमद सलाह र पिएर्रे एमेरिकलाई पनि गोल्डेन बुट बाँडिएको भन्दै आफुले येदेरसँग लिग वानको गोल्डेन बुट बाड्न चाहेको जनाए ।

“सबैलाई मेसेजको लागि धन्यवाद दिन चाहन्छु । येदेर पनि गोल्डेन बुटको हकदार छन् । प्रिमियर  लिगमा पनि गोल्डेन बुट तीन जनामा बाँडिएको थियो,” उनले भने ।

कोरोना भाइरसका कारण फ्रान्समा सेप्टेम्बर सम्मका लागि खेलकुद गतिबिधि बन्द गरिए पछि यस सिजनको बाँकी खेल हुने सम्भावना नभए पछि पिएसजीलाई लिग वान को बिजेता घोषणा गरिएको थियो ।

Click to comment

Trending