Headline

सैनिक सेवामा टोटन्ह्याम फर्वार्ड सन उत्कृष्ट

Published

on

टोटेन्ह्यामका दक्षिण कोरियाली फर्वार्ड सन ह्युङ्ग–मिनले आफ्नो देशमा गर्नै पर्ने तीन हप्ते सैनिक सेवा सफलतापुुर्वक सम्पन्न गरेका छन् । सन उत्कृष्ट प्रदर्शनको पुरस्कार जित्न पनि सफल भएका थिए ।

सुटिङ्ग कौशलमा पोख्त देखिएका सन १ सय ५७ प्रशिक्षार्थि मध्यै उत्कृष्ट रहेको उनको सुपरिवेक्षण गरेका सैनिक पदाधिकारीहरुले बताएका छन् । कोरोना भाइरसका कारण मार्च १३ देखि इङ्गलिस प्रिमियर लिग रद्द भइरहदा सन आफ्नो हातको चोटबाट मुक्त हुनका लागि घर फर्किएका थिए । त्यही क्रममा उनले सैनिक सेवा पनि सक्काएका थिए ।

दक्षिण कोरियामा सबै पुरुषहरुले २८ बर्षको उमेर भित्र सैनिक सेवा गर्नै पर्ने प्रावधान रहेको छ । दक्षिण कोरियालाई २०१८ एसियन गेम्समा स्वर्ण पदक जिताएपछि सनलाई गर्नै पर्ने २१ महिने सैन्य सेवा मिनाहा गरिएको थियो ।

२७ बर्षिय सनले जेजु द्विपमा शुक्रबार ग्रेजुएसन समारोह पुरा गरेका हुन् । “उनले उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई दिइने पाँच मध्ये एक पिल्सुङ पुरस्कार पाएका हुन्,” एक सैन्य पदाधिकारीले दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई जानकारी दिए । “सबै कोर्सहरुमा निष्पक्ष र कडाइका साथ निर्णय लिइएको हो । उनका ट्रेनिङ्ग अफिसरहरुले उनले सबै प्रशिक्षण राम्ररी लिएको बताएका छन् ।”

स्पर्सले सनलाई उनको उपलब्धिका लागि बधाई दिदै उनी अर्को हप्ता लण्डन फर्कने आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

Click to comment

Trending