Headline

मिरोस्लाभ क्लोज बायर्न म्युनिखका सहायक प्रशिक्षक

Published

on

जर्मन फुटबलका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोज बायर्न म्युनिखको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

सन् २०१६ मा सन्यास लिएका ४१ बर्षिय क्लोज पछिल्लो दुई बर्षदेखि बायर्नको युथ एकेडेमिको प्रशिक्षक रहदै आएका थिए । खेलाडीको रुपमा बायर्नमा २००७ देखि चार बर्ष बिताएका क्लोजले क्लबका लागि लिग र जर्मन कप जितेका थिए ।

“प्रशिक्षको रुपमा यो मेरो करिअरको दोश्रो खुड्किलो हो,” क्लोजले भने । क्लोज सम्मिलित जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै २०१४ को बिश्वकप जित्दा हालका बायर्न प्रशिक्षक ह्यान्सी फ्लिक जर्मनीको सहायक प्रशिक्षक रहेका थिए । फ्लिकले एक महिना अगाडी क्लबसँगको सम्झौता नविकरण गरेका थिए ।

“हामी एक अर्कालाई राष्ट्रिय टिममा हुदा देखि नै निकै राम्ररी बुझ्छौं । हामी एक अर्कालाई व्यवसायिक र व्यक्तिगत रुपमै राम्ररी बिश्वास पनि गर्छौ,” क्लोजले भने । सन् २००१ देखि १३ बर्ष जर्मनीका लागि खेलेका क्लोजले १ सय ३७ खेलमा ७१ गोल गरेका थिए ।

उनले २००२ (जापान/कोरिया) र २००६ (जर्मनी) को बिश्वकपमा समान पाँच गोल गरेका थिए । क्लोजले व्यवसायिक रुपमा काइजरस्लटर्न, बर्डर ब्रेमन र इटालियन क्लब लाजियोबाट पनि खेलेका थिए ।

Click to comment

Trending