Headline

५७ बर्षको उमेरमा होलिफिल्ड बक्सिङ्ग रिङ्गमा फर्कदै

Published

on

चर्चित बक्सर इभान्डर होलिफिल्ड एक पटक फेरि बक्सिङ्ग रिङ्गम फर्कने भएका छन् । होलिफिल्डले आफ्नो सामाजिक सञ्जालका पेजहरुमा आफ्नो पुनरागमनबारे जानकारी दिएका हुन् ।

५७ बर्षिय होलिफिल्डले चन्दा संकलन अभियानका लागि प्रदर्शनी खेलहरुमा फाइट गर्न आफू बक्सिङ्ग रिङ्गमा फर्कन लागेको बताएका छन् । क्रुजरवेट र हेभिवेटमा अपराजित बक्सर होलिफिल्ड युनाइट फोर फाइट नामक संस्थाको लागि फाइट गर्नेछ्न् । उक्त संस्थाले कोरोना भाइरसका कारण स्कुल जान नपाएका बच्चाहरुको लागि आर्थिक सहयोग संकलन गरिरहहेको छ ।

“तपाइहरु तयार हुनुहुन्छ ? तपाइले कुरिरहेको पलको लागि …. च्याम्पियन फेरि फर्किएको छ,” होलिफिल्डले आफ्नो ट्विटर पेजमा लेखेका छन् । “म बक्सिङ्ग रिङ्गमा फर्कन गइरहेको घोषणा गर्न चाहन्छु । एउटा परोपकारी कार्यका लागि म प्रदर्शनी खेलहरुमा फाइट गर्नेछु ।”

केही समयअघि अर्का बिश्वबिख्यात बक्सर माइक टाइसनले पनि आफू रिङ्गमा फर्किने योजना बनाइरहेको बताएका थिए । टाइसन र होलिफिल्डले दुई वटा फाइट गरेका थिए जसले २ सय मिलियन डलर कमाएको थियो । १९९७ मा भएको दोश्रो फाइट टाइसनले होलिफिल्डको कान टोकेपछि निकै चर्चित भएको थियो ।

Click to comment

Trending