Headline

लिग वान को गोल्डेन बुट एमबाप्पेलाई

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले २०१९–२० को फ्रेञ्ज लिग वानको गोल्डेन बुट जितेका छन् । गोल्डेन बुट लिगको सर्वाधिक गोलकर्ताले पाउने गर्छन् ।

कोरोना भाइरसका कारण फ्रान्समा सेप्टेम्बर सम्मका लागि खेलकुद गतिबिधि बन्द गरिए पछि यस सिजनको बाँकी खेल हुने सम्भावना नभए पछि पिएसजीलाई लिग वान को बिजेता घोषणा गरिएको थियो । यो सँगै एमबाप्पेलाई पनि गोल्डेन बुट दिने निर्णय गरिएको हो ।

मोनाकोका स्ट्राइकर विसाम बेन येदेर र एमबाप्पेले समान १८–१८ गोल गरे पनि एमबाप्पेलाई नै गोल्डेन बुट प्रदान गरिने भएको हो । १८ गोल मध्य येदेरले तीन गोल पेनाल्टी मार्फत गरेका थिए । एमबाप्पे गोल अनुपात येदेरको भन्दा राम्रो रहेको छ ।

एमबाप्पेले १८ गोल २० खेलमा गरेका हुन् भने येदेरले २५ खेल खेलेका थिए । त्यस्तै आयोजकले एमबाप्पेका टोलीका फरवार्ड एन्जेल डि मारियालाई लिग वानको क्रिएटिभ प्लेयर (सृजनात्मक खेलाडी) को उपाधि दिने भएको छ । मारियाले १४ असिस्ट गरेका थिए ।

एमबाप्पेले गोल्डेन बुट जितेको लगातार दोश्रो पटक हो । उनले गत सिजन २९ खेल खेल्दै ३३ गोल गरेका थिए भने आफ्नो टोलीलाई लिग वान को उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

Click to comment

Trending