Headline

पुर्व पाकिस्तानी बलर भन्छन् म्याच फिक्सिङ्ग माफिया भारतसँग जोडिएको छ

Published

on

पाकिस्तानका पुर्व तिब्र गतिका बलर अकिब जावेदले क्रिकेटको म्याच फिक्सिङ्ग माफिया भारतसँग जोडिएको आरोप लगाएका छन् ।

एक पाकिस्तानी समाचार च्यानललाई अन्तर्वार्ता दिदै जावेदले इण्डियन प्रिमियर लिगमा पटक–पटक म्याच फिक्सिङ्गको कुरा उठ्ने गरेपनि पृष्ठभुमिमा बसेर ब्यापार गरिरहेका माफियाहरुलाई कारवाही गर्ने कसैले हिम्मत नै नगरेको बताएका हुन् ।

“म्याच फिक्सिङ्गको कुरा यसअघि आईपिएलमा उठिरहेकै हो । यो सिधै भारतसँग जोडिएको छ,” जावेदले जियो न्युजलाई भने । “एक पटक फिक्सिङ्गमा लागि सकेपछि फर्किने ठाँउ नै हुदैन । कसैले पनि यो माफियाबिरुद्ध अहिलेसम्म केही गर्ने हिम्मत देखाएको छैन ।”

४७ बर्षिय जावेदले फिक्सिङ्गको बिषय बाहिर उजागर गरेपछि आफूलाई सजाय दिइएको गुनासो पनि गरे । यस बिषयमा अझै बोल्ने हो भने उनलाई ज्यान मार्ने धम्कि पनि आएको जावेदले बताए । “मेरो करिअर चाडै सकिएको म फिक्सिङ्गको बिरुद्ध बोलेर नै हो । मलाई टुक्रा–टुक्रा पार्ने धम्कि दिइएको थियो ।”

फिक्सिङ्ग बिरुद्ध बोलेर नै जावेद पाकिस्तानी राष्ट्रिय टोलीको प्रशिक्षक हुन नसकेको बताए । “यदि तपाई फिक्सिङ्गको बारे निडर भएर बोल्नुहुन्छ भने तपाईको करिअर एउटा बिन्दुसम्म मात्र पुग्छ । यही कारणले नै म कहिल्यै पनि पाकिस्तानको कोच हुन सकिन ।”

पाकिस्तानका लागि जावेदले ४२ टेस्ट र १ सय ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै क्रमश ५४ र १ सय ८२ विकेट लिएका थिए ।

Click to comment

Trending