Headline

ब्राजिलियन लिजेण्डलाई ४२ बर्षको उमेरमा पिएसजीको नयाँ कन्ट्रायक्ट

Published

on

सात महिला बिश्वकप र ६ ओलम्पिक्समा सहभागिता जनाएकी ब्राजिलियन लिजेण्ड फोर्मिगाले फ्रेञ्च महिला लिग वान क्लब पेरिस सेन्ट जर्माइनसँग ४२ बर्षको उमेरमा अर्को सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।

फोर्मिगाले बिहिबार लिग वान क्लबसँग एक बर्षको सम्झौता गरेकी हुन् । ब्राजिलको लागि १ सय ९८ खेल खेलिसकेकी फोर्मिगा अब पेरिसमा २०२१ सम्मका लागि रहनेछिन् । यसै बर्षका लागि तय भएको टोकियो ओलम्पिक्स उनको अन्तिम प्रतियोगिता हुने फोर्मिगाले जनाएकी थिइन् । तर कोरोना भाइरसका कारण ओलम्पिक्स पनि एक बर्ष पछाडी धकेलिएको छ भने अर्को बर्ष पनि हुने नहुनेमा अन्यौल कायमै रहेको छ ।

ब्राजिलियन क्लब साओ होजेबाट व्यवसायिक फुटबल खेल्दै आइरहेकी फोर्मिगा सन् २०१७ मा पिएसजीसँग अनुबन्धित भएकी थिइन् । फ्रेञ्च फर्वार्ड कादिदातु डियानी र डेनमार्क स्टार नादिया नदिमले पनि पिएसजीसँग नयाँ सम्झौता गरेकी थिइन् ।

महिला लिग वान कोरोना भाइरसका कारण स्थगित हुनु अघि लायोन पिएसजी भन्दा तीन अंकले अग्रस्थानमा रहेको छ । फ्रेञ्च फुटबल फेडेरेशनले महिला लिग वानको भविष्य आगामी सोमबार निर्णय गर्न गइरहेको छ ।

Click to comment

Trending