Headline

बुन्डेसलिगा मे १६ देखि सुचारु हदै

Published

on

जर्मनीको प्रथम श्रेणीको फुटबल बुन्डेसलिगा कोरोना भाइरसका कारण स्थगित भएका युरोपियन लिग मध्ये सबैभन्दा पहिलो सुचारु हुने प्रतियोगिता बन्ने भएको छ ।

युरोपमा कोभिड–१९ ले सबैभन्दा कम प्रभावित देशमध्येको एक जर्मनीले यसअघि नै बुन्डेसलिग शुरु गर्ने तयारी गरिरहेको थियो । बुन्डेसलिगा शनिबार मे १६ देखि बन्द रँगशालामा सुचारु हुने तय भएको छ । डर्बि खेलमा साल्केले बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

चार अंकले लिगको अग्र स्थानमा रहेको डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिखले आइतबार युनियन बर्लिनमा खेल्नेछ । अधिकांश टिमहरुले बुन्डेसलिगामा ९ खेल खेल्न बाकी रहेको छ भने जुन २७ र २८ मा लिग समाप्त गर्ने लक्ष्य लिइएको छ ।

जर्मन फुटबल संघले लिगलाई उच्च स्वास्थ्य सतर्कता अपनाउदै शुरु गर्न लागिएको बताएको छ भने यसअघि नै सम्पूर्ण खेलाडीहरुको कोरोना भाइरस परिक्षण पनि गरिएको थियो । खेल सञ्चालन भएको दिनमा रँगशालामा खेलाडी, अफिसियल र स्टाफ गरि ३ सय जनाको उपस्थिति रहनेछ ।

बुधबार जर्मनी चान्सलर एञ्जेला मर्केलले लकडाउनलाई केही खुकुलो बनाउदै पसलहरु खोल्न अनुमति दिएकी थिइन् । जर्मनीको बुन्डेसलिगमा अब इङ्गलिस प्रिमियर लिग, इटालियन सिरी आ, स्पेनिस ला लिगा लगायत युरोपका अन्य लिगहरुको पनि आखा रहनेछ ।

जर्मनीले सफलतापुर्वक लिग सम्पन्न गर्न सकेको स्थितिमा अन्य युरोपियन देशहरुलाई पनि सतर्कताका साथ रोकिएका लिग सुचारु गर्न प्रोत्साहन मिल्नेछ । मार्चको दोश्रो सातादेखि युरोपका अधिकांश देशहरुको खेलकुद गतिविधिहरुमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा बढी ज्यान गुमाउने ब्रिटेन रहेको छ जहा ३० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । इटालीमा २९ र स्पेनमा २६ हजारको ज्यान गएको छ । जर्मनीमा ७ हजारले ज्यान गुमाएका छन् ।

Click to comment

Trending