Headline

चार पटक पोजिटिभ देखिएका डिबाला अन्तत कोरोना मुक्त

Published

on

युभेन्टसका २६ बर्षिय फर्वार्ड पाउलो डिबला ३ महिना पछि कोरोना मुक्त भएका छन् ।

अर्जेन्टाइन डिबलालाई युभेन्टसले मार्चको अन्तिम साता कोरोना लागेको पुष्टि गरेको थियो । त्यसपछि उनलाई चार पटकको परिक्षणमा कोरोना भाइरस लागेको देखाएको थियो । डिबालाले ट्विट गर्दै भनेका छन् : “धेरै जनाले अघिल्लो हप्ता देखी मेरो बारे कुरा गर्दै हुनुहुन्थयो, तर म निको भाईसके । धन्यवाद मलाई हौसला र माया गरिदिनु भएकोमा ।”

डिबाला र उनकी प्रेमिका ओरियना सबाटिनलाई नै कोरोना पोजेटिभ देखिएको थियो । उनका दुई खेलाडी साथी ब्लेज मतुइडी र ड्यनिएल रुगानीलाई पनि कोरोना पोजेटिभ देखिए पनि उनीहरु भने एक महिनामै ठिक भएका थिए ।

डिबालाले भने ३ महिना कोरोना भाईरससँग संघर्ष गरे । उनले इन्स्टाग्राममा पनि फोटो हाल्दै लेखेका छन् : “मेरो अनुहारले नै भनिरहेको छ म कोभिड–१९ बाट मुक्त भए ।”

Click to comment

Trending