Headline

क्लबहरुले न्युट्रल भेन्यु स्विकार नगर्ने हो भने प्रिमियर लिग रद्द हुने

Published

on

इङ्गलिस प्रिमियर लिगको व्यवस्थापकहरुको प्रमुख कार्यकारी रिचर्ड बेभनले क्लबहरुले न्युट्रल भेन्युमा खेल्न सहमति नजनाए २०१९–२० को सिजन रद्द हुने बताएका छन् ।

फुटबल सुचारु गर्ने प्रस्तावहरुलाई लिएर सोमबार भोटिङ्ग हुन गइरहेको छ । कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि मार्च १३ यता इङ्गल्याण्डमा घरेलु फुटबल सहित खेलकुदका अन्य सबै गतिविधि स्थगित भएका छन् ।

केही क्लबहरुले प्रशिक्षण शुरु गरेसँगै प्रिमियर लिग जुन १२ देखि सुचारु गर्ने तयारीमा इङ्गलिस एफए रहेको छ । सुरक्षित रहेको खण्डमा यो सिजन लिगमा बाकी रहेका ९२ खेलहरु सम्पन्न गर्न क्लबहरु तयार रहेका छन् ।

तर ब्राइटनले लिगको प्रतिष्ठामा आँच आउने भन्दै आफू न्युट्रल भेन्युमा खेल्ने पक्षमा नरहेको बताउदै आएको छ । कतिपय खेलहरु च्याम्पियनसिप क्लबको मैदानमा न्युट्रल भेन्युको रुपमा खेल्न आवश्यक रहेको प्रिमियर लिगले बताउदै आएको छ ।

न्युट्रल भेन्युको प्रस्ताव पारित हुनका लागि प्रिमियर लिगमा रहेका २० क्लब मध्ये १४ ले त्यसको पक्षमा भोट गर्नुपर्नेछ । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन र यसलाई खुकुलो गर्दै लाने योजनाका बारेमा आइतबार जनतालाई अपडेट दिन गइरहेका छन् ।

बेभनले बिबिसी रेडियो फोरले सोधेको प्रश्नमा उत्तर दिदै भनेः “न्युट्रल भेन्युको पक्षमा मत नआए यो सिजन रद्द हुनेछ ।” रद्द भएको स्थितिमा के हुनेछ यो भने हेर्न बाकी नै रहेको छ । प्रिमियर लिगमा लिभरपुलले उपाधि लगभग आफ्नो पक्षमा पारिसकेको छ ।

यता ब्राइटन लगायत अन्य तल्लो स्थानमा रहेका क्लबहरुले भने रेलिगेसन प्रावधान हटाइएको खण्डमा न्युट्रल भेन्युमा खेल्न तयार रहेको बताएका छन् । उनीहरुले यो सिजन रेलिगेसन हटाएर अर्को सिजन च्याम्पियनसिपबाट माथि आउने तीन क्लबहरुलाई समेटेर २३ टोलीको प्रिमियर लिग गराउन पनि आग्रह गरेका छन् ।

लिगका बाकी खेल गराइ छाड्नका लागि रेलिगेसनको प्रावधान स्विकार्ने हो भने उपाधि बिजेताको प्रावधान पनि खारेज गर्नुपर्ने देखिन्छ । यस्तोमा लिभरपुल सबैभन्दा अभागी टोली हुनेछ ।

Click to comment

Trending