Headline

भारतीय व्यवस्थापनले पन्तलाई पानी बोकायो : नेहरा

Published

on

२०१६ मा बङ्गलादेशमा भएको आईसिसि अण्डर १९ बिश्वकपमा उत्कृष्ट ब्याटिङ्ग गरेका रिसभ पन्तलाई मुलधार मिडियामा चर्चित बन्न धेरै समय लागेन । अण्डर १९ बिश्वकप चलिरहदा नै पन्तलाई दिल्ली क्यापिटल्स (त्यति बेला दिल्ली डेयरडेभिल्स) ले राम्रै मुल्यमा खरिद गर्यो । त्यसपछि उनले लगातार उत्कृष्ट प्रदर्शन पनि दिए ।

दिल्लीका लागि एक सिजन त उनले लगातार उत्कृष्ट ब्याटिङ्ग पनि गरे र एक शतक पनि प्रहार गरे । उनले सन्यासको संघारमा रहेका पुर्व भारतीय कप्तान महेन्द्र सिँह धोनीको स्थान लिने पनि आंकलन गर्न थालियो । तर भारतीय सिनियर टोलीमा दुई बर्ष अगाडी डेब्यु गरे यता पन्तको चर्चा पनि मत्थर बन्दै गएको छ ।

उनले भारतीय टोलीमा स्थान पक्का गर्न सकिरहेका छैनन् भने पछिल्लो समय केएल राहुलले पाचौं नम्बरमा पनि उत्कृष्ट ब्याटिङ्ग गरेर देखाएपछि पन्त बाहिरिने अवस्थामा पुगिसकेका छन् । पुर्व भारतीय तिब्र गतिका बलर आशिष नेहरा पन्तलाई भारतीय टोलीको व्यवस्थतापनले निकै खेलवाड गरेको बताएका छन् ।

अहिले केएल राहुल पाचौं स्थानमा ब्याटिङ्ग गरिरहेका छन् र धोनीलाई स्थानान्तरण गर्नका लागि तयार पारिएका पन्त पानी बोकी रहेका छन्, भड्किलो अभिब्यक्ति दिएर चर्चामा आउने गरेका नेहराले एक अन्तर्वार्तामा भने ।

मलाई थाहा छ पन्त केही अवसरहरुमा चुक्न पुगेका थिए तर टिमले २२–२३ बर्षको उमेरमा उनीमा क्षमता देखेर नै टोलीमा राखेको थियो । यस्ता प्रतिभावान खेलाडीहरु पनि हुन्छन् जसलाई लामो समयको लागि टोलीमा राखेर समर्थन दिइनुपर्छि तर पन्तलाई लिएर त्यो हुन सकेको छैन । अहिले पनि भारतीय टोलीको पाचौं र छैटौं स्थानको बारे कोही पक्का छैन, नेहराले भने ।

Click to comment

Trending