Headline

सिटीका साने आधा मुल्यमा बायर्न जादै

Published

on

म्यानचेस्टर सिटी विङ्गर लिरोय साने जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा पाँच बर्षको सम्झौताको लागि तयार भएका छन्, जर्मनीको भरपर्दो खेलकुद म्यागजिन स्पोर्टस बिल्डले बुधबारको रिपोर्टमा उल्लेख गरेको छ ।

२४ बर्षिय साने बायर्न जान तयार रहेको र उनको अनुबन्धन रकमका बिषयमा अझै पनि दुई पक्षबीच वार्ता जारी रहेको बिल्डले लेखेको छ । बायर्नका खेलकुद निर्देशक हसन सलीहामिदिच र बोर्ड सदस्य ओलिभर कान सानेलाई ४३ मिलियन डलरमा बायर्न भित्र्याउन चाहन्छन् । यो उनको बजार भाउभन्दा आधा रकम हो ।

यद्दपी गत अगष्टमा वेम्ब्लीमा लिभरपुलबिरुद्धको कम्युनिटी सिल्ड म्याचमा दायाँ घुडाको लिगामेन्ट च्यातिए यता साने सिटीको पहिलो टोलीका लागि मैदान उत्रिएका भने छैनन् । बिल्डका अनुसार लामो समय मैदानमा बाहिर रहेका कारण नै बायर्नले सस्तो मुल्यमा सानेलाई भित्र्याउन गइरहेको जनाएको छ ।

सन् २०१६ मा अर्को जर्मन क्लब साल्केबाट झण्डै ४६ मिलियन डलरमा म्यानचेष्टर सिटी आएका सानेको अनुबन्धन २०२१ सम्म रहेको छ । अगष्टमा चोट बोक्नु अघि बायर्नले सानेलाई किन्न खोज्दा उनको ट्रान्सफर रकम १ सय ७ मिलियन डलर रहेको थियो । कोरोना भाइरसका कारण फुटबल अर्थतन्त्र बिस्तारै धराशायी बन्दै जादा बायर्न चाहिएकै रकममा सानेलाई अलायन्ज अरिनामा भित्र्याउन सक्नेछ ।

Click to comment

Trending