Headline

फुटबलका १० विश्व किर्तिमान जुन शायदै तोडिएला

Published

on

भनिन्छ किर्तिमान तोडिनका लागि बनिन्छ । तर कतिपय किर्तिमानहरु लामो समय देखि तोडिन सकेको छैन । अनि कतिपय किर्तिमान यस्ता पनि छन् जुन अब शायद तोड्न निकै कठिन छन्् । आज हामी यस्तै किर्तिमानको कुरा गर्दै छौं जुन शायदै तोडिएला ।

१. लामो दुरीबाट गरिएको गोल

सबैभन्दा लामो दुरीबाट गोल गर्ने किर्तिमान अस्मिर बेगोभीचको नाममा रहेको छ । सन् २०१४ मा स्टोक सिटीका लागि लागि खेल्दै बेगोभीचले साउथह्याम्टन बि?द्ध लामो दुरीबाट गोल गर्ने किर्तिमान बनाएका थिए । उनले ९१ दशमलब ९ अर्थात ३ सय १ फिट ६ इन्चको दुरीबाट प्रहार गरेको बलले सोझै पोस्टको दिशा लिएको थियो ।

२. हेडिंङ मार्फत लामो दुरीबाट गरिएको गोल

सन् २०११ मा नर्वेका फुटबलर जोन स्यामुएलसेनले हेडिंङ मार्फत गोल गर्दै किर्तिमान आफ्नो नाममा लेखाएका थिए । ओडीडी ग्रिनल्याण्डको ट्रोम्सो बि?द्धको खेलमा उनले ५८ दशमलब १३ मिटर अर्थात १९० फिट ८ दशमलब ५८ इन्च टाढाबाट हेड गर्दै गोल गरेका थिए ।

३. एकै खेलमा धेरै रेड कार्ड

रेफ्रीले एक खेलमा कतिवटा सम्म रेड कार्ड दिन्छन् होला ? शायद ४, ५ वा ६ ? तर अर्जेन्टिनामा भएको क्लेपोल र भिक्टोरियानोबीच सन् २०११ मा भएको पाँचौं श्रेणीको फुटबल म्याचमा रेफ्रीले ३६ वटा रेड कार्ड देखाए । रेफ्री डामिन ?बिनोले पहिलो हाफमा मात्र दुई रेड कार्ड दिएका थिए । तर जब दोश्रो हाफमा झगडा शु? भयो उनले म्यानेजर, प्रशिक्षक र दर्शकलाई गरेर ३४ रेड कार्ड देखाए ।

४. सबैभन्दा धेरै उमेरको खेलाडी
प्रतिस्पर्धात्मक फुटबल खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी हुन् इजरायलका आइज्याक हायिक । उनले ७३ बर्ष ९५ दिनको हुँदा प्रतिस्पर्धात्मक फुटबल खेलेका हुन् । २०१९, अप्रिल ५ का दिन उनले मक्काबी आइरोनी ओर यहुदाका लागि खेलेका थिए ।

५. एकै बर्षमा धेरै गोल

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन् २०१२ को एकै बर्षमा ९१ गोल गरेका थिए । उनले यस अघि जर्मनी र बायर्न म्युनिखका गर्ड मुलरले सन् १९७२ मा बनाएका किर्तिमान तोडेका हुन् । मुलरले एकै बर्षमा ८५ गोल गरेका थिए । २०१२ मा मेस्सीले ७९ गोल बार्सिलोनाका लागि र १२ गोल अर्जेन्टिनाका लागि गरेका थिए ।

६. लामो पेनाल्टी सुटआउट

सन् २००५ मा केके प्यालेस र सिभिक्सबीचको खेलको टुंगो लगाउन ४८ पटक पेनाल्टी प्रहार गरिएको थियो । नामिबियन कपको खेलमा प्यालेस र सिभिक्स बीचको खेल २–२ को बराबरीमा टुंगिए पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । ४८ औं पटकको सुटआउट पछि प्यालेसले खेल १७–१६ ले जितेको थियो । कतिपय खेलाडीले दुई–तीन पटक सम्म पेनाल्टी प्रहार गर्न परेको थियो ।

७. विश्वकपमा छिटो गोल
विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने किर्तिमान टर्कीका पुर्व खेलाडी हाकान सुकुरको नाममा रहेको छ । उनले सन् २००२ को विश्वकप अन्तर्गत दक्षिण कोरिया बि?द्धको खेलमा खेल शु? भएको १० दशमलब ८९ सेकेन्डमै गोल गरेका थिए ।

८. तिब्र ह्याट्रिक
सबैभन्दा तिब्र ह्याट्रिक गर्ने खेलाडी हुन् टमी रस । उनले सन् १९६४ खेल शु? भएको ९० सेकेन्डमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । पिटरर्बर्ग युनाइटेड, विगन एथ्लेटिक र योर्क सिटीमा आफ्नो खेल जीवन बिताएका उनले नरिन काउन्टी बि?द्धको खेलमा ९० सेकेन्ड ह्याट्रिक पुरा गरेका हुन् ।

९. मैदान छिरेपछि सबैभन्दा छिटो रेड कार्ड

मैदान छिरेपछि सबैभन्दा छिटो रेड कार्ड पाउने खेलाडी हुन् सर्जी गिहुवा । सन् २०१३ मा सब्टिच्युटका ?पमा छिरेका उनी सात सेकेन्ड भन्दा बढी मैदानमा टिक्न सकेनन् । ग्रिसको दोश्रो डिभिजनको टोली गिल्फादाका लागि मैदान छिरेका उनले ओलम्पियाकोस भोलोसका खेलाडीको हात समाते पछि रेफ्रीले रेड कार्ड दिएका थिए ।

१०. गोलकिपरद्वारा धेरै गोल

आफ्नो खेल जीवनमा कतिपय गोलकिपरले एक गोल पनि गर्न सकेका हुँदैनन् । तर एक यस्ता गोलकिपर छन् जसले शायद कतिपय फरवार्डले भन्दा पनि धेरै गोल गरेका छन् । उनी हुन् ब्राजिलका रोजेरियो सेनी । सन् १९९७ देखि २०१५ सम्म साओ पाउलोका लागि व्यवसायिक खेल खेलेका सेनीले १३१ गोल गरेका थिए ।

Click to comment

Trending