Headline

नयाँ मालिकले उत्साहित भए पनि न्युकासलले साउदी दमन बिरुद्ध आवाज उठाउने

Published

on

मालिक परिवर्तनपछि आउने सक्ने राम्रा दिनहरुको अपेक्षाले उत्साहित इङ्गलिस प्रिमियर लिग न्युकासल युनाइटेडका समर्थकहरुले साउदी अरेबियामा चल्दै आएको मानव अधिकार हननको बिरुद्धमा आवाज भने उठाउने भएका छन् ।

साउदीका राजकुमार महमद बिन सलमानले न्युकासललाई सरकारी स्वाकित्यमा रहेको सामाजिक लगानी कोषले किन्ने सम्झौतामा हरियो झण्डा देखाए पनि म्याग्पिज समर्थकहरुले त्यहा हुदै आएको मानव अधिकार उल्लंघनका घट्नाहरुलाई लिएर आखा नचिम्लने बताएका हुन् ।

लगानी कोषले न्युकासलमा ८० प्रतिशत लगानी गर्दै ३०० मिलियन पाउण्डमा क्लब किन्ने सम्झौता नजिक पुगिसकेको छ । कोरोना भाईरसका कारण रोकिएको यो सम्झौता अब चाडै नै हुने छ ।

“न्युकासलका समर्थकहरुले राम्रो सामाजिक कार्यहरुमा जहिले साथ दिदै आएको छ । क्लबको सम्झौतालाई समर्थन गर्ने तर मानव अधिकारको कुरामा भने समर्थकले जहिले त्यो बिषयमा आवाज उठाउने छ,” क्लबको समर्थक संस्था न्युकासल युनाइटेड समर्थक कोषका अध्यक्ष एलेक्स हस्र्टले बताए ।

समर्थक संस्थाका अनुसार उनीहरुले मानव अधिकार उल्लंघन र पत्रकार जमाल खाशोगीको हत्याको बिरुद्ध आवाज उठाउने बाताएका छन ।
१३ बर्ष देखी माइक एस्लीलाई झेल्दै आएका समर्थकले अब आउने केही दिनमा नयाँ मलिक त पाउने छ तर अहिले आएको यो विवादित बिषयलले भने सबैको ध्यानाकर्षण भएको छ । न्युकासलको समर्थक संस्था भित्र १०,००० सकृय समर्थकहरु रहेका छन् र त्यहा गरेको सर्वेक्षणले ९६ दशमलव ७५ समर्थकले नयाँ मालिक रुचाएका थिए ।

तर समर्थकका अनुसार भने साउदी अरबिया क्लबसँग जोडीएकाले क्लबको दिर्घकालिन भविष्य बारे सोच्नु पर्ने बाताए । “हामी पनि एक किसिमले क्लब स्थानान्तरण हुने बितिकै साउदी अरबियासँग जोडिने छौँ र त्यहा चलिरहेका मुद्दाहरुसँग पनि,” न्युकासलका समर्थक ग्रेग मोरिसनले भनेका थिए ।

समर्थक संस्थाका सदस्य समेत रहेका ग्रेग टोम्लिन्सनले भने उनी माइक एस्ली हट्न लागेकोमा खुसी भएको बाताएका थिए । उनले भनेः “म माइकले क्लब बेचेकोमा खुशी छु तर साउदीको लगानी आउने बित्तिकै हामीले मानवता बिर्सनु हुन्न र हामी निरान्तर आवाज उठाइ रहने छौँ ।”

नयाँ मालिक बिन सलमानले भने आफुले जमाल खाशोगगीको हत्याको आदेश नदिएको बाताएका थिए । साउदी अधिकारीहरुको अनुसार खाशोगगीको ‘रग अपरेशन’ नामक एक सैनिकी हमलामा हत्या भएको थियो ।

Click to comment

Trending