Headline

अर्को बर्ष हुने द हन्ड्रेडको टिमहरु कस्तो हुनेमा अन्यौल

Published

on

कोरोना भाइरसका कारण स्थगित भएको द हन्ड्रेड (१ सय बलको क्रिकेट प्रतियोगिता) ले आफ्ना सबै खेलाडीहरुको अनुबन्धन खारेज गरेको छ ।

औपचारिक क्रिकेटको सबैभन्दा छोटो संस्करण द हन्ड्रेड २०२० मै हुनुपर्ने थियो तर इङ्गल्याण्ड क्रिकेट बोर्डले खेलाडीहरुको स्वास्थ्यको ख्याल गर्दै स्थगित गरेको थियो । प्रतियोगिता २०२१ को लागि स्थागित गरिएपछि इसिबीले फ्राञ्चाइजमा आबद्ध सम्पूर्ण खेलाडीहरुको अनुबन्धन नै खारेज गरिदिएको छ ।

अनुबन्धन खारेज भएसँगै फ्राञ्चाइजका प्रशिक्षकहरुले अब प्रतियोगिता हुदा टिम कस्तो रहने भन्नेमा प्रश्न गरेका छन् । इसिबीले फोर्स मेजर क्लजमा रहेर खेलाडीहरुको अनुबन्धन खारेज गरेको हो । यो क्लजमा आयोजकले प्रदर्शनका लागि लिइएका खेलाडीहरुलाई बिशेष परिस्थितिका कारण प्रतियोगिता आयोजना गर्न नसकिने आधारमा अनुबन्धनबाट मुक्त गर्न पाउने प्रावधान रहेको छ ।

इसिबीले व्यावसायिक क्रिकेट संघ र सरोकारवालाहरुसँग अर्को बर्षको लागि टोली कस्तो बन्ने भन्ने बिषयमा केही दिन यता देखि छलफल शुरु गरेको छ । लण्डन स्पिरिटका प्रशिक्षक शेन वार्न र ओभल इन्भिन्सिबल्सका प्रशिक्षक टम मुडीले त्यही टोली २०२१ मा कायम राख्न समस्या हुने बताएका छन् ।

प्रतियोगिताको शुरुवाती रिटेन्सन प्रावधान अनुसार कुनै पनि फ्राञ्चाइजले खेलाडीहरुसँग गरिएको सम्झौता अनुसार तोकिएको तलब अनुरुप १० जना पुरानै टोलीबाट राख्न पाउनेछन् । त्यसपछि हुने ड्राफ्टबाट पुरा टोलीको निर्माण गर्न सकिनेछ । यही प्रणालीलाई परिमार्जित गर्नु यसको मुख्य समाधान रहेको देखिन्छ ।

तर प्रशिक्षकहरुले अर्को ड्राफ्ट गर्नुपर्ने तर्फ सुझाएका छन् । द हन्ड्रेड नेपाली स्टार सन्दिप लामिछाने पनि रहेका छन् । उनी इन्भिन्सिबल्सका लागि १ लाख पाउण्डमा अनुबन्ध भएका थिए ।

Click to comment

Trending