Headline

भारतको बलिङ्ग प्रशिक्षक बन्न चाहन्छन् शोएब अख्तर

Published

on

पाकिस्तानी क्रिकेट टोलीका पुर्व तिब्र गतिका बलर शोएब अख्तरले भारतीय क्रिकेट टोलीको बलिङ्ग प्रशिक्षक बन्ने इच्छा ब्यक्त गरेका छन् ।

सामाजिक संजालको एक अन्तर्वार्ताका क्रममा अख्तरले भारतीय क्रिकेट बोर्ड अथवा भारतीय टोलीले आफुलाई आग्रह गरेमा बलिङ्ग प्रशिक्षक बन्न तयार रहेको र आक्रमक र तिब्र गतिका बलर उत्पादन गर्न सक्ने जनाएका हुन् ।

“यदि भारतीय टोली चाहन्छ भने म प्रशिक्षकको भुमिका निर्वाह गर्न तयार छु । मैंले क्रिकेट खेलेर सिकेको भनेको ज्ञान हो र म त्यो ज्ञान बाड्न तयार छु । म आक्रमक र तिब्र गतिका भारतीय बलरहरु उत्पादन गर्न सक्छु, बिशेषगरि घरेलु प्रतियोगिता खेलिरहेकाहरु । म यस्तो बलर उत्पादन गर्छु जसले ब्याट्स्म्यानहरुलाई घातक बलिङ्गका कारण आच्छ्यु–आच्छ्यु पार्न सक्छन् र त्यसको भारतीय समर्थकहरुले लिन सक्नेछन् , भारतीय समर्थकहरुको प्रिय पनि रहेका अख्तरले भने ।

क्रिकेटका सबैभन्दा तिब्र गतिका बलर अख्तरले इण्डियन प्रिमिएर लिग (आईपीएल) मा कोलकाता नाइट राईडर्सको प्रशिक्षक बन्न पनि इच्छुक रहेको बताए । अख्तरले आईपीएलको पहिलो संस्करणमा कोलकोताबाट खेलेका थिए ।

भारतीय क्रिकेट बोर्डले दोश्रो संस्करणबाट पाकिस्तानी खेलाडीहरुलाई आईपीएलमा प्रतिबन्ध गरेको थियो भने अहिले सम्म त्यो कायम नै छ ।

Click to comment

Trending